ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

पर्यटन क्षेत्रको शून्य बर्ष, पुनरुत्थानको तयारी पनि शून्य नै

सेयर गर्नुहोस
  • 10
  •  
  •  
  •  
    10
    Shares

मंसिर १८, काठमाडौं । पर्यटन बाटै देशलाई आर्थिक सम्बृद्ध बनाउने भन्दै सरकारले तीन बर्ष अघि नेपाल भ्रमण बर्ष २०२० घोषणा गरेको थियो । २० लाख पर्यटक भित्र्याउने उद्देश्य सहित घोषणा गरेपनि त्यो अनुपातको प्रचार प्रसार हुन नसकेको र लक्ष्य पुरा नहुने विज्ञहरुको अनुमान थियो । सरकारले नेपाल भ्रमण बर्ष २०२० घोषणा गर्दा गर्दौ विश्वभर कोरोना महामारी फैलियो । जस कारण कम्जोर तयारीका साथ सुरु भएको भ्रमण बर्ष २०२० सरकारले स्थगन गर्नु पर्यो ।


२० लाख पर्यटक भित्रिउको बर्षको रुपमा बन्ने बर्ष शून्य बर्ष बनेको छ । सन् २०२० मा आएका दुई वटा शुन्नाले दुई वटै सिजन शुन्य भएको पर्यटन बोर्डका निर्देशक मणि लामिछाने बताउछन् ।

पर्यटन बाटै नेपाललाई आर्थिक सम्बृद्धि तर्फ उन्मुख गराउन सकिने भन्दै सरकारले पटक पटक नेपाल भ्रमण बर्ष मनाएपनि पर्यटक कसरी भित्र्याउने भन्ने ठोस कदम सरकारले अहिले सम्म चल्न सकेन् । जसको परिणाम स्वरुप पर्यटन क्षेत्रको विकास हुन नसकेको विज्ञहरुले बुझाई छ । नेपामा पर्यटक आउन थालेको दशकौं वितिसकेको छ, तर पनि विश्वका १० घुम्न लायक देशमा परेको नेपालमा घुम्न आउने पर्यटको संख्या मुस्किलले १० लाख हाराहारी रहेको छ ।

हाल कुल ग्राहस्र्थ उत्पानमा ३ प्रतिशत योगदान भएको नेपालको पर्यटन क्षेत्रलाई आगामी १० बर्ष भित्र एक करोड पर्यटक भित्र्याएर कुल ग्राहर्स्थ उत्पानदमा १० प्रतिशत पुर्याउने सरकारले लक्ष्य थियो । तर सरकारले उक्त लक्ष्य कागजमै सिमित भएको छ । कोभिडका कारण ९ महिना देखि ठप्प बनेको नेपालको पर्यटन क्षेत्रलाई कसरी पुनरुत्थान गर्न सकिन्छ भन्ने सरकारले ठोस कदम चाल्न सकेको छैन् ।
कोभिडका कारण विश्वका विभिन्न देशमा आन्तरीक पर्यटक दुई तीन गुणाले बढेको भन्दै पर्यटन बोर्डले सन् दुई हजार २१ लाई आन्तरीक पर्यटन बर्षको रुपमा मनाउने तयारी थालेको छ । आन्तरीक पर्यटन बर्षको रुपमा मनाउन बोर्डले स्वस्थ्य सुरक्षा प्रोटोकल बनाएर देशरीका पर्यटन व्यवसायीलाई वितरण गर्ने तयारी थालेको छ ।
होटल, एयरलायन्स, ट्राभल, ट्रेकिङ्ग लगायतका दर्जन बढि क्षेत्र सँग अन्र्तरसम्बन्धीत रहेर लाखौं युलाई रोजगारी दिएको यो क्षेत्र ९ महिना सम्म ठप्प हुँदा समेत सरकारले यो क्षेत्रलाई कसरी पुर्नउत्थान गर्ने भन्ने अघिले सम्म कुनै ठोस रणनीति तय गर्न सकेको छैन् । बर्षमा दुई वटा सिजन मात्रै चल्ने नेपालको पर्यटन क्षेत्रले दुई वटा सिजन गुमाई सकेको छ भने तेस्रो सिनज पनि गुम्न नदिन सकारले व्यापक तयारी गर्नु पर्ने थियो तर सरकार सकभर पर्यटक नआउनु भन्ने मनसायमा रहेको देखिन्छ । व्यवसायीहरु कुनै पनि अवस्थामा पर्यटक ल्याउन चाहान्छन् भने सरकार जेनतेन पर्यटकको आगमन रोक्न तिर लागेको छ ।

एकातिर सरकारले तयारी न्यून रहेको छ भने अर्कोतिर गरेको तयारीको पनि प्रचारप्रसार गर्न नसकेको पर्यटन विद् प्रचण्डमान श्रेष्ठ बताउछन् । यही मैकामा सरकारले पर्यटन प्रचारप्रसारको प्याराडाईन परिवर्तन गर्नुपर्ने बताउछन् ।

अहिले नेपाल सरकारले विदेशबाट आउने पर्यटकको लागि ७ दिनको क्वारेन्टीन अनिवार्य गरेको छ । जसलाई पर्यटन व्यवसयीले बाधकको रुपमा लिएका छन् ।
आन्तरीक पर्यटनलाई चलायमान बनाउने बोर्डको तयारीमा व्यवसायी बर्णविभेद गरेको बताउछन् । भाईसर जसले पनि सार्न सक्ने र नेपालीले नसार्ने विदेशीले मात्रै सार्ने भन्ने नभएकोले सबैलाई समान हुनु पर्ने नेपाल ट्रेकिङ्ग एजेन्सी एसोशिएसन (टान) की महासचिव सरित लामा बताउछिन ।
सरकारले पर्यटन क्षेत्रलाई अतिप्रभावितमा राखेर सहुलियत पूर्ण कर्जा, पर्नः कर्जा दिने बताएपनि हाल सम्म व्यवसायीहरुले पाउन सकेका छ्रनन् । तर नेपाल पर्यटन बोर्ड भने व्यवसायीका समस्या समाधान गर्न आफूले मध्यस्थकर्ताको भुमिका खेलेको दावी गर्द ।
यस्तो अवस्थामा तत्काल नेपालको पर्यटन क्षेत्र तत्काल पुर्नउत्थान हुन सक्ने छाँट देखिएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *