रिहापछि पौडेलले भने भोलि बिहान पुल उद्घाटन गर्छु

मंसिर १७, तनहुँ । पुल उद्घाटनको क्रममा झडप भएपछि प्रहरीले पक्राउ गरेर नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बेलुका करिब ५ बजेतिर रिहा भएका छन् । तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट पौडेललाई प्रहरीले दिउसो पक्राउ गरेको थियो ।
पौडेलले रिहा भएपछि कोणसभामा बोल्दै बिहीबार बिहान पुल उद्घाटन गरिने बताए । सरकारले शक्ति दुरूपयोग गरेको प्रतिक्रिया पौडेलले दिए ।
पौडेललाई बुधबार दिउँसो निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न गएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । पौडेललाई पक्राउ गरेको विरोधमा नेपाली कांग्रेस, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतका नेताहरूले विरोध गरेका थिए ।