ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कांग्रेस नेता पक्राउ परेसँगै तातेको सामाजिक संजाल कुन नेताको प्रतिक्रिया कस्तो ?

ब्यास नगरपालिकामा पुल उद्घाटनका क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता बुधबार स्थानिय प्रशासनको आदेशमा प्रहरी गिरफ्तारीमा परे ।

व्यास नगरपालिका सेती नदीमा बनेको पक्की पुल उद्घाटन गरेका पौडेलको सहि नरपालिकामै पुल उद्घाटन गर्ने कार्यक्रम थियो । ए काँग्रेस नेता पौडेल पुल उद्घाटनमा जाने वित्तिकै नेकपा र काँग्रेस बिच विवाद सुरु हुन थाल्यो । संघीय सरकारको बजेटमा बनेको पुल कसले उद्घाटन गर्ने भन्नेमा चुलिएको विवादले गर्दा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्यौ । निषेधाज्ञाका बाबजुद पुल उद्घाटन गर्न हिंडेका नेता पौडेल केही बेरमै प्रहरी नियन्त्रणमा लियो ।

पौडेलसँगै प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायत पनि प्रहरी नियन्त्रणमा परे । यस पछि चुलिएको विवादले कोही सामान्य घाइते समेत भए । यसरी पुल उद्घाटनमा जाने क्रममा वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि सामाजिक संजाल मार्फत आफू प्रहरीको गिरफ्तारिमा परेको जानकारी दिएका थिए ।

पौडेल गिरफ्तारीमा परेसंगै कसले के भने ?

पौडेल गिर्फतारीमा परेसंगै देउवाको प्रतिक्रिया ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सशक्त प्रतिवाद गरेका छन् । पौडेललाई तनहुँमा बुधबार प्रहरीले नियन्त्रण लिएपछि सरकारलाई  चेतावनि दिंदै  देउवाले ‘ वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पुरा हुन नदिन कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु । विज्ञप्तिमा देउवाको चेतावनि छ ।सभापति देउवाले पौडेललाई तत्काल रिहा गर्न माग गर्दै प्रधानमन्त्रीलाई फोन समेत गरेका थिए ।

पौडेललाई पक्राउ गरेसंगै गगन थापाको गर्जन

वरिष्ठ नेता पौडेलको गिरफ्तारीमा नेपाली काँग्रेस नेता गगन थापाले आफ्नो ट्वीटरमा लेखेका छन् प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन् यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो। यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ। pm nepal तपाईलाइ निकै महंगो पर्नेछ ।

नेकपाको दिन खस्किदै प्रकासमान सिंह

रामचन्द्र पौडेललाई गिरफ्तार गरेर सरकारले आफ्नो दिनगन्ती सुरु गरेको नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् । सत्ताको चरम दुरुपयोग भएको नेता सिंहले टिप्पणी गरेका छन् ।

पौडेल पक्राउ भएपछी नेविसंघको आन्दोलन

वरिष्ठ नेता पक्राउ परेसंगै भातृ संगठनले आफ्ना नेताको पक्राउ नियोजित, राजनीतिक प्रतिशोध भएको भन्दै सरकारको विरोध गरेका छन् ।माइतिघरमा सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेपछि प्रहरिले बल प्रयोग गरी हटाउनु समेत पर्यौ ।

नेता पौडेलले के भने त ?

वरिष्ठ नेता पौडेलले भने आफूलाई सुनियोजित ढंगले नै पक्राउ गरिएको  र यसको देशैभरि प्रतिकार गरिसकेको बताएका छन् । आफ्नै सरकारको पालामा निर्माण सुरु भएको पुल उद्घाटनमा सबैको निमन्त्रणामा आफू पुग्दा आफूप्रति भएको व्यवहारले सरकार अधिनायकवादी भएको बताए ।  ३ घण्टाको प्रहरी नियन्त्रणमा बसेका पौडेल रिहा भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *