निजी क्षेत्रसँगको सहकार्यमा विशेष जोड दिने अर्थमन्त्रीको उद्घोष

मंसिर १७, काडठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले मौद्रिक नीति मार्फत सम्वोधन गरिएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरेर अघि बढने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा अर्थ मन्त्रालयद्वारा आज अर्थ मन्त्रालयमा एक स्वागत गर्दै अर्थ मन्त्री पौडेलले आफुले निजी क्षेत्रसँगको सहकार्यलाई विशेष जोड दिई आएको र आगामी दिनमा पनि यस कार्यलाई थप मजवुत बनाउंदै जाने बताएका छन् । महासंघका तर्फबाट अनुसन्धानमा आधारित रहेर सुझाव तयार गरी सरकारलाई पेश गर्ने कुरालाई आफूले अत्यन्त सकारात्मक रूपमा लिएको पनि बताएका छन् ।

कार्यक्रममा अध्यक्ष गोल्छाले अवको समय मुलुुकको उद्योग व्यवसाय सहित समग्र अर्थतन्त्रको पुनरूत्थानका विषयमा निकै धेरै काम गर्नुपर्ने भएकाले महासंघले सोही अनुसार तयारी गरि अघि बढ्ने बताएका छन् । अर्थतन्त्रको पुनरूत्थानका लागि महासंघले विज्ञ समेतको सहयोगमा अनुसन्धानमा आधारित रहेर सुझावहरू तयार गरी सरकारमा पेश गर्ने तयारी गरेको बताए ।
कोभिड संकटमा महासंघले दिएका कतिपय सुझावहरू बजेट तथा मौद्रिक नीति मार्फत संवोधन भएको तर स्थानीय तहमा साना उद्यमी व्यवसायीहरूले मौद्रिक नीति मार्फत दिइएका सुविधाहरू कार्यान्वयन गर्न वाणिज्य बैंकहरूले आनाकानी गरीरहेको जानकारीमा आएकाले मौद्रिक नीति मार्फत दिइएका सुविधाहरु अक्षरश लागु गर्न आग्रह गरेका छन् ।
महासंघले अन्तराष्ट्रिय संस्थाको समेत सहयोगमा मुलुकको “भिजन डकुमेन्ट” तयार गर्ने कार्यलाई अगाडी बढाएको पनि जानकारी गराएको छ । डकुमेन्टमा मुलुकले हासिल गर्ने तत्तकालिन, मध्यकालिन र दीर्घकालिन लक्ष्यहरू किटान गरीनेछ ।