ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अझै नखुल्ने सिनेमा हल र रात्रीकालिन ब्यवसाय

सरकारले कोरोना संक्रमण नघटेको भन्दै सिनेमा हल,रात्रीकालिन ब्यवसाय, ,धेरै मानिसको जमघट हुने संस्था तथा ब्यवसाय तत्काल खुल्ला नगर्ने जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले मन्त्रालयको प्रेस व्रिफ मार्फत सिनेमा हल,रात्रीकालिन ब्यवसाय, ,धेरै मानिसको जमघट हुने संस्था तथा ब्यवसाय तत्काल खुल्ला नगर्न आग्रह गरेका हुन् ।

तेस्तै सरकारले विद्यालय सञ्चालनको कार्यढाचाँ जारी गर्दै विद्यालय सञ्चालनको अनुमति दिएसंगै  मंसिर पछि विद्यालय सन्चालन गर्दा मापदण्ड कडाइका साथ पालन गर्न आग्रह गरेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरिएको ८ हजार ३ सय नमुना परीक्षणमा काठमाडौं उपत्यकामा ७ सय २३ सहित १ हजार ४ सय ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ । गत चौबिस घण्टामा थप ९ जनाले ज्यान गुमाएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ५ सय ३८ पुगेको छ ।

 एकैदिन १ हजार ५ सय ६७ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर ६ सय ५ जना क्वारेन्टिनमा रहेका छन भने सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ४७ रहेको छ । यसैगरि देशभर आसियुमा ३ सय ६५ जना र भेन्टिलेटरमा ६४ जना उपचारत रहेका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *