ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री ज्यू यो तपाईलाइ निकै महंगो पर्नेछ: गगन थापा

नेपाली काँग्रेसका नेता गगन थापाले पार्टीका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति भएको दुर्व्यवहार प्रधानमन्त्रीका लागि निकै महंगो पर्ने चेतावनी दिएका छन् ।

तनहुँमा मोटरेवल पुल उद्घाटन गर्न पुगेका काँग्रेस वरिष्ठ नेता पौडेललाई स्थानीय प्रशासनको आदेशमा जिल्ला प्रहरी कार्यालय तनहुँले दिउँसो नियन्त्रणमा लिएसंगै पौडेलले आफ्नो सामाजिक सन्जालमा समेत आफू गिरफ्तार भएको बताए । पुल निर्माणलाइ लिएर पौडेलले नियम उलंघन गरेको भन्दै स्थानिय प्रशासनले निधेषाज्ञाको बाहानामा पौडेललाई गिरफ्तार गरेको हो ।

वरिष्ठ नेता पौडेलको गिरफ्तारीमा नेपाली काँग्रेस नेता गगन थापाले आफ्नो ट्वीटरमा लेखेका छन् प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन् यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो। यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ। pm nepal यो तपाईलाइ निकै महंगो पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *