ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

वाग्मती सफाइ महाअभियानको ४०० औँ हप्ता पुष २५ गते

वाग्मती सफाइ महाअभियानको ४०० औँ हप्ता पुष २५ गते पुग्ने सुरक्षा सतर्कता सहित साना समूहमा कार्यक्रम गरिने भएको छ ।

महाअभियानका मुख्य अभियानकर्मी एवं सरकारका पूर्व मुख्यसचिव, पूर्वराजदूत लीलामणि पौड्यालले समितिको सहकार्यमा ४००औँ हप्ताको कार्यक्रम सतर्कता अपनाएर बिशेष रुपमा गरिने सुझाव दएका छन्

अव्यवस्थित बसोबासलाई नियन्त्रण गर्ने, वाग्मतीको ढल व्यवस्थापन चोभारसम्म पुर्याउने र मुआब्जा दिने कुरामा आफू कटिबद्ध भएर लाग्ने भन्दै यस अभियानमा लागेका अभियानकर्मीहरुले बताएका छन् ।वाग्मती शुद्धीकरणमा सबैको सहयोगको आशा राख्दै हालका समस्या समाधान गर्न लागिएको  हुँदा त्यसमा सबैको साथ र सहयोगको मिले बाग्मतिले मुहार छिट्टै फेर्ने बताएका छन् ।

सरसफाइको सबै जिम्मा समितिले लिन तयार रहेको तथा कमीकमजोरी र सुझावलाई स्वीकार्दै त्यसको समाधानको बाटोतिर अघि बढ्ने बाग्मति सफाई अभियानका अध्यक्ष उद्धवप्रसाद तिमल्सेनाले बताएका छन् । बैठकमा वग्मती सफाइ महाअभियानमा शुरुदेखि लागेका अभियानकर्मी, काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वाग्मती सुन्दरता सरोकार मञ्च, तिलगङ्गा महिला समूह, रुद्रमती सफाइ अभियान, विष्णुमती सफाइ अभियान, आलोकनगर सफाइ अभियान, चक्रपथ सफाइ, बल्खुखोला सफाइ अभियान, मनोहरा सफाइ, गोदावरी सफाइ अभियानका अभियानकर्मीहरु छन् ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानले आगामी पुस २५ गते शनिबार ४००औं हप्ता पूरा गर्नेछ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *