ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल–भारत उडान सुचारु गराउन कुटनीतिक पहल

काठमाडौं । अन्य देश सँग हवाई सेवा सुरु भएको तीन महिना सम्म पनि खुल्न नसकेको भारत सँगको उडान पुनः सञ्चालन हुने भएको छ ।
भरतले पठाएरको एयर बबल्स अवधारण स्वीकार गर्दै उडान सुचारु गराउन नेपालले पत्र पठाएको छ । पर्यटन मन्त्रालयले मंगलबार परराष्ट्र मन्त्रालयलाई भारतीय प्रस्ताव स्वीकार गर्दै उडान सुचारु गराउन कुटनीतिक पहल गर्न पत्र पठाएको हो ।

पत्र नेपालस्थित भारतीय दूतावासलाई मंगलबार पठाइसकेको छ । भारतले झण्डै तीन महिना अघि पठाएको सम्झौंतालाई गत मंसिर १० गतेको मन्त्रिपरिषद् बैठकले स्वीकार्दै अघि बढाउने निर्णय गरेको थियो । यो प्रस्ताव अनुसार काठमाडौं–नयाँ दिल्लीमा दैनिक एक÷एक उडान हुनेछ । नेपालले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगममार्फत उडान गर्ने प्रस्ताव गरेको छ ।
नेपाल आउने यात्रुहरुले यात्रा गर्नु अघिनै इन्टरनेशनल ट्राभलर अनलाइन फर्म अनिवार्य रुपमा भर्नुपर्ने शर्त राखेको छ । सो अनलाइन फर्म भरेको र विमानमा बोर्डिङ हुने समय भन्दा बढीमा ७२ घण्टा अघिको पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रु मात्रै आउन पाउने शर्त पनि नेपालले राखेको छ । सहमति अनुसार एक साताभित्र काठमाडौं–नयाँदिल्ली उडान सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *