अधिकांस स्थानमा विद्यालय खुले तर काठमाडौंमा अझै अन्योल कायम
काेराेना संक्रमण विष्लेषण गरी सरकारले विद्यालय सञ्चालन ढाचाँ जारी गर्दैँ विद्यालय खोल्न र बन्द गर्न सक्ने अधिकार स्थानीय तहलाई दियो । यहिँ आधारमा अधिकांस विद्यालयहरु सञ्चालनमा आएपनि काठमाडौं उपत्यकाका अधिकांस विद्यालय बन्द छन् ।
सरकारले ढाचाँ जारी गर्नु पूर्व नै विद्यालय सञ्चालनको अभ्यास गरेका चन्द्रागिरी तथा ताराकेश्वर नगरपालिकामा विद्यालय सञ्चालन हुदाँ उपत्यका भित्रका दुई महानगरपालिका काठमाडौं र ललितपुरले भने विद्यालय खोल्न अझै अनुमति दिएका छैनन् ।
उपत्यका मेयर्स फोरमले जोखिम यथावत रहेको भन्दै विद्यालय संचालन गर्न स्विकृति दिएको छैन भने सिसिएमसीलाई पुन लकडाउनको सिफारीस गर्ने छलफलमा छ । यस्तो अवस्थामा विद्यालय सञ्चालनमा आउने संभावना कम्जोर बन्दै गएको छ ।
करिव एक बर्षसम्म विद्यालय बन्द हुदाँ पठन पाठन प्रवित बनेको छ भने समयमा शेक्षिक सत्र सकिनेमा प्रश्न प्रश्न खडा भएका छन् । अनलाई कक्षा सञ्चालन गरेपनि विद्यार्थीसँग यसको पहुच नपुगेकै समयमा विद्यालयहरु चैत्रमा परिक्षा सञ्चालन गर्ने गरी तयारीमा जुटेका छन् ।
पद्मोदय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक निर्मल खतिवडाले चैत्रमा अन्तिम परिक्षा सञ्चालनका लागि मंसिरबाट नै विभिन्न त्रैमासीक परिक्षा सञ्चालनको तयारी देखिन्छन् । विद्यालय बन्द भएपछि अनलाई कक्षा सञ्चालन गरेको पद्मोदयका लागि कक्षा ५ देखि १२ सम्म विद्यार्थीलाई जोड्न सहज भएपनि तल्लो तहका विद्यार्थीको पहुचमा उनीहरुलाई पुग्न अझै हम्मे हम्मे परेको छ ।
यसरी विद्यार्थीको पहुचमा नपुगेको अनलाई कक्षाका विचमा परिक्षा सञ्चालन गर्नु पर्ने वाध्यतामा रहेका विद्यालय सरकारी निर्णय कस्तो आउला भन्ने पर्खाईमा छन् । विद्यालय सञ्चालन गर्दा विद्यालय बन्द गर्न दिएको निर्देशन त्यस पछिको ढाँचा र स्थानिय तहको निर्णयमा विद्यालहरु पर्खाइमा बसेका हुन् ।
यता काठमाडौं महानगर पालिका पनि केही दिन संक्रमणको अवस्था हेरेर मात्र निर्णय गर्ने योजनामा देखिएको छ । एका तिर शैक्षिक सत्र गुम्ने डर र अर्को तर्फ उपत्यकामा कोरोना संक्रमण बढ्ने क्रममा रहेका कारण त्यसको प्रत्यक्ष असर विद्यार्थीमा पर्ने भएका कारण हतारमा निर्णय गरेर फुर्सदमा नपछुताउने गरी निर्णय गर्ने काठमाडौं महानगरपालिकाका प्रखु विद्यासुन्दर शाक्यको भनाई छ ।