विश्वको तेस्रो प्रदुषित शहर काठमाडौं
19 - 19Shares
राजधानी काठमाडौं विश्वका सवै भन्दा प्रदुषित सहरुको सूचिमा तेस्रो स्थानमा परेको छ । अमेरिकाको यूएस एयर क्वालिटी इन्डेक्सको रिपार्टको देखाएको तथ्याङक अनुसार विश्वको सवै भन्दा प्रदुषित सहरको सूचिमा काठमाडौं तेस्रो स्थानमा परेको हो ।
अति सूक्ष्म कण अर्थात् पार्टीकुलेट म्याटर (पीएम) को रेटिङमा काठमाडौंमा १७८ पीएम देखिएको छ ।
तेस्तै पाकिस्तानको सांस्कृतिक राजधानी लाहौर संसारमै सबैभन्दा प्रदूषित सहरमा सूचिमा हुदाँ दोस्रो प्रदूषित सहरमा नयाँदिल्लीलाई राखेको छ।
लाहौरमा अति सूक्ष्म कण अर्थात् पार्टीकुलेट म्याटर (पीएम) को रेटिङ ४२३ पुगेको छ। पाकिस्तानकै अर्को सहर कराची संसारको १० प्रदूषित सहरभित्र हुदाँ भारतको राजधानी नयाँदिल्ली २२९ एक्यूआई (एयर क्वालिटी इन्डेक्स) सहित दोस्रो प्रदूषित सहरमा परेको हो ।