ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२०३० सम्ममा एड्स निर्मुल होला त ?

 ‘एचआईभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी’भन्ने नारा सहित मंगलबार विश्व एड्सविरुद्धको दिवस मनाइएको छ । एचआईभी एड्सको संक्रमणदरलाइ घटाउने र एड्सको महामारी अन्त्य गर्ने लक्ष्यसहित हरेक वर्ष डिसेम्बर १ लाई विश्वभर एचआइभी एड्सविरुद्धको दिवसको रुपमा मनाउने गरिन्छ ।

 एचआइभी भएको मानिसलाई जुन सुकै रोग पनि सजिलै सँग संक्रमण गर्ने गर्छ एचआईभी एड्स दीर्घरोग पनि हो । यो रोग लागेको पत्तालागेमा नियमित औषधी सेवन गरे केहि हदसम्म नियन्त्रण गर्न सकिने चिकित्सक बताउछन् । सन् २ हजार ३० सम्ममा एड्स निर्मुल पारिसक्ने सरकारको लक्ष्य छ । तर विभिन्न कारणले सरकारको लक्ष्य पूरा हुनेमा सन्देह रहेको डा सुधा देवकोटाको भनाई छ ।

नेपालमा एचआईभीको संक्रमण तथ्याङ्कले अझै पनि महामारीको रुपमा नै रहेको पुष्टि गर्छ । नेपालमा२ हजार ७७ असार मसान्तसम्म २९ हजार ५ सय ३ जनामा एचआइभी संक्रमण भएको अनुमान छ । जसमध्ये पुरुष १७ हजार ५ सय ८७ र महिला ११ हजार ९ सय १६ छन् । नेपालमा १५ देखि ३९ बर्ष उमेर समुहका मानिसमा एचआइभीका ब्याप्ततादर शुन्य दशमलव एक तीन प्रतिशत रहेको छ । नेपालमा ८० प्रतिशत असुरक्षित यौन सम्पर्कको माध्यमबाट सरेको पाइएको छ । त्यस्तै सुइद्धारा लागुपदार्थको प्रयोग, यौनकर्मी, समलिङ्गि वा तेस्रो लिङ्गि बाट भएको चिकित्सकहरु बताउँछन् ।

एचआइभीप्रति जनचेतनाको कमी र सामाजिक दृष्टिकोणले समेत यो नियन्त्रणमा प्रभाव पारिरहेको अभियान्ताहरुको भनाइ छ। विश्वभर समग्रमा हेर्दा एड्स घट्दो क्रममा देखिन्छ । सन २०१० को तुलनामा सन २०१८ सम्म नेपालमा ६४ प्रतिशतले नयाँ संक्रमण घटेको तथ्याङ्कले देखाउँछ । र यो रोगबाट मृत्यु हुने संख्या ५८ प्रतिशतले घटेको देखिन्छ । सन् २०३० सम्म एचआइभी एड्सको महामारी पूर्णरुपमा निर्मुल पार्ने सरकारको लक्ष्य छ ।

चआइभी एड्सका लागि भनेर सरकारले हरेक बर्ष करौंडौ रुपैया बजेट नै विनियोजन गर्ने गरेपनि नियन्त्रण प्रभावकारी हुन नसकेको जानकारहरु बताउँछन् । कोरोना महामारीले भयवह अवस्था लिइरहेको बेला यस रोगबाट ग्रसित भएका मानिसहरुलाइ पनि प्रभाव पारीरहेको छ । अहिले सम्म एचआइभी संक्रमित ३० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। तेसो त सन् २०३० सम्ममा एड्स निर्मुल पारिसक्ने सरकारको लक्ष्य छ । तर संक्रमितले सहजरुपमा र खुलेर उपचार गर्ने वातावरण नरहेका कारण सरकारको लक्ष्य पूरा हुनेमा सन्देह रहेको विज्ञहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *