ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

कमल थापाको गर्जन: आन्दोलन र महाधिवेशन सँगै वैकल्पिक शक्ति अव राप्रपा

सेयर गर्नुहोस
  • 14
  •  
  •  
  •  
    14
    Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलन र पार्टीको महाधिवेशनलाई संगसंगै लैजाने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय सचिवालयद्वारा आयोजित अन्तर्क्रीयामा बोल्दै थापाले सरकारको अदुरदर्शिता र अकर्मण्यताका कारण जनता दिक्क भएको र प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसले समेत आफ्नो भन्दै थापाले बैकल्पिक शक्तिको रुपमा राप्रपालाई स्थापित गर्न र पार्टीलाई जनअपेक्षा अनुकुल बनाउने गरि अघि बढ्न निर्देशन दिए ।

मुलुकमा ब्याप्त भ्रष्टाचार , बेरोजगारी र धर्मपरिबर्तनले बाहिरि शक्ती हाबी भएको भन्दै देश र जनता  समस्यै समस्याको किचलोमा रुमलिएको बताए । उनले जनताले अपेक्षा गरेअनुकुल देशको नेतृत्व गरेका ठूला दलहरुले झन दलदलमा फसाएको भन्दै शसक्त र हस्तक्षेपकारी भुमिका खेल्दै अघि बढ्न देशब्यापी सकृयतामा अब लागिपर्ने  बताए ।

हिन्दुराष्ट्र र राजसंस्थाको  आबश्यकता दिनप्रतिदिन बढिरहेको र जनतामा परिबर्तनको चाहनामा खडेरी लागाउने काम भएको भन्दै  जनभावना अनुसार पार्टीलाई नयाँ उत्साह र उर्जाका साथ अघि बढाउने अध्यक्ष थापाले बताए । महाधिवेशनलाई सफलता पुर्बक सम्पन्न गर्नको निमित्त समय सिमा भित्र कार्य सम्पादन गर्न समेत थापाले सचिवालयको ध्यानाकर्षण गराउँदै आन्दोलन पनि संगै लैजाने बताए । कार्यक्रममा सचिवालयबाट अन्य सदस्यले समेत आफ्ना सुझाव सुनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *