लिग सञ्चालन गर्ने विषयमा एन्फामा छलफल सुरु
कोरोना महामारीका कारण करिव एक बर्ष देखि बन्द भएको खेलकुद क्षेत्र सञ्चालनका लागि छलफल सुरु भएका छन् । खेलकुद प्रशिक्षणका लागि सरकारले बाटो खोलिदिए पनि खेलकुद कार्यक्रमको आयोजना भने हुन सकेको छैन् ।
नेपालको फुटवल क्षेत्रका ठूला प्रतिशपर्धाहरु हुने अनिस्चितता छ भने अन्य जिल्ला स्तरिय खेलकुदको अवस्था पनि यस्तै छ । यस्तै अन्योलताका विच अखिल नेपाल फुटबल (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना तथा ए,बी,सी लिग, जिल्ला लिग र जिल्ला नकआउट फुटबलको ढाचाका विषयमा छलफल चलाएको छ ।
गत वर्ष फागुनमा ए डिभिजन लिग सम्पन्न भएपश्चात अन्य खेल हुन नसकेको अवस्थामा एन्फाले राष्ट्रिय खेलकुद परिषदका पधादिकारी सहितको टोलीसंग छलफल सुरु गरेको हो । एन्फा कम्प्लेकस सातदोबाटोमा भएको छलफल कार्यक्रममा राखेप सदस्य सचिप रमेश कुमार सिलवाल सहितको टोली उपस्थित रहेको थियो ।
छलफलले लिग कहिले सञ्चालन गर्ने निस्कर्ष निकाल्न नसके पनि कसरी लिग सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको थियो । , एन्फाले २०७८ को भदौबाट देशका विभिन्न ११ शहरमा गरि ए डिभिजन सुरु गर्ने आन्तरिक तयारी गरिरहेको समयमा छलफल गरेको हो ।
कात्तिक र मंसिरमा राष्ट्रिय फुटबल टोली बंगलादेशमा दुई मैत्रीपूर्ण खेल खेलेर फर्केको थियो ।त्य सबाहेक घरेलु फुटबलका कुनै गतिवधि हुन सकेका छैन ।