जुलुस,प्रदर्शन वा भिडभाड गरे कारवाही गर्ने काठमाडौं प्रशासनको चेतावनी
सेयर गर्नुहोस

काठमाडौं जिल्ला प्रशासन कार्यालयले भिडभाड हुने जुलुस ,धर्ना जस्ता कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ ।
विभिन्न राजनीतिक रुपमा जुलुस र भिडभाड भएको सूचना पाएको भन्दै कोरोना भाइरसको महामारीका बीच सभा, जुलुस, प्रदर्शन वा अभियानको नाममा भिडभाड गर्नेलाई कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौैंले मंगलबार जारी गरेको सूचनामा स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन अनुसार कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ । कोरोना महामारीकै रुपमा फैलिएको र नियन्त्रणमा नआइसकेको र भिडभाड गर्दा महामारीले भयावह रुप लिन सक्ने भन्दै यस्तो आदेश जारी गर्नु परेको जिल्ला प्रशासन कार्यालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
