२०३० को एसियाली खेलकुद आयोजना दावेदारी समर्थनका लागि कतारी ओलम्पिक कमिटी नेपाल आउदैँ
कतारको राजधानी दोहामा सन २०३० मा एसियाली खेलकुद आयोजना गर्न लागेको कतारले त्यसको समर्थन जुटाउन नेपाल भ्रमण गर्न लागेको छ ।
खेलकुद आयोजनामा नेपालको सहयोग र समर्थनका लागि औपचारिक अनुरोध गर्न कतारी प्रतिनिधि मण्डल बुधबार नेपाल आउन लागेको हो ।
बुधबार काठमाडौं आउन लागेका कतारी ओलम्पिक कमिटीका महासचिव जसिम रसिद जे ए अल्बुनइन सहितको प्रतिनिधि मण्डलले नेपाली ओलम्पिक कमिटीका पदाधिकारीसँग भेट गर्ने समर्थनका लागि ओपचारी प्रस्ताव गर्ने जनाइएको छ ।
उक्त अवसरमा प्रतिनिधि मण्डलले ललितपुरस्थिति सातदोबाटोमा रहेको नेपाल ओलम्पिक कमिटीको कार्यालयको पनि भ्रमण गर्नेछ ।