देशभरी गुन्जियो ‘राजा आउ देश बचाउ’

राष्ट्रिय झण्डा बोकेर ‘राजा आऊ देश बचाऊ’ भन्दै नाराजुलुस देशव्यापी बनिरहेको छ । कुनै राष्ट्रिय पार्टी भन्दा पनि स्वतन्त्र रुपमा चर्किएको आन्दोलनले नेकपा भित्र विवाद देखिँदा राजाको पक्षमा देखिएको आन्दोलनले अन्य शक्तिलाई परास्त गर्ने मतमा देखिन्छ । अहिले भइरहेका प्रदर्शनमा पर्दापछाडि पूर्वराजा ज्ञानेन्द्रकै हात रहेको कतिपयको आशंका छ । भने राष्ट्रको नतृत्व गरेका पार्टीहरुले समेत पूर्वराजा ज्ञानेन्द्रकै हात भएको भन्दै नागाअर्जुन बाट खेदाउने चेतावनी समेत अप्रत्याशित रुपमा दिंदै आएका छन् । यद्यपि, राजाको पक्षमा भएको आन्दोलनको मुख्य नायक पार्टी मानिएको राप्रपा समेत यसमा सहभागी नहुँदा नेतृत्व कस्ले गर्यौ भन्ने छुट्टाउन भने कतैबाट सकिएको छैन ।
आन्दोलनले पूर्वराजा ज्ञानेन्द्र सहित राजावादी पार्टिहरु समेत खुसी भने पक्कै भएका छन् । राष्ट्रिय पार्टीले आह्वान गरेर मानिसहरु सडकमा निस्केका पनि छैनन जे होस स्वतन्त्र आन्दोलनको नाम दिईएको आन्दोलन नैतृत्व गरेका नेकपा काँग्रेस जस्ता पार्टीलाइ भारी भने पक्कै भएको छ । राजावादी संस्थाहरुले सुरु गरेको अभियानमा पार्टीको समेत सहभागीता अब केही दिनमै हुन सक्ने पार्टीका नेतृत्वकर्ताहरुले बताएका छन् ।
राजाको पक्षमा बेलाबेलामा र्याली निकाल्ने राप्रपा पनि धेरै समय भयो चुपचाप बसिरहेको बेला देशका विभिन्न ठाउँमा राष्ट्रिय झण्डा सहितको रेयार्लीले भने राजावादीहरु पुन नेतृत्वमा पुगिन्छ कि भन्ने आशामा केनद्रित हुन थालेको देखिन्छ देशका विभिन्न ठाउँमा सर्लाही, हेटौंडा, जनकपुर, बुटबल, पोखरा, चितवन, धनगढी हुँदै सोमबार काठमाडौंमा समेत र्याली भयो यी र्यालीहरुमा वीर गोर्खाली एटीएफ, देशभक्त समाज, शिवसेना नेपाल, शाही युवा शक्ति नेपाल लगायत राजावादी संस्थाहरुको नारा भने एउटै छ राजा आउ देश बचाऔ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरुले पनि र्यालीमा उत्साहपूर्वक भाग लिएको भने देखिन्छ । नेपाली कांग्रेस र नेकपाका समर्थकहरु पनि विभिन्न ठाउँमा प्रदर्शनमा सहभागी भएका छन् । कोरोना महामारीका बीचमा पनि प्रदर्शनमा देखिएको जनसहभागिताले राजावादीहरुको आशाको त्यान्द्रो पलाएको छ । राप्रपाले उठाएको हिन्दु राष्ट्रको माग राजसंस्था पुनस्थापना हुनुपर्ने माग पनि व्यापक बनेको छ ।
नेपालमा ०६२र६३ को आन्दोलनले राजतन्त्र फ्याँकेको दिन देखी नेपालमा गणतन्त्रको पुनर्बहाली भयो । २०५८ सालमा दरवार हत्याकाण्डमा मुख्य दोषिको रुपमा ज्ञानेनद्रलाइ सबैले आरोप लगाएपछि उनि सत्ता नेपाल सरकारलाई हस्तान्तरण गरेर आफू नेतृत्वबाट विदा भए । सुरुमै आफ्नैको हत्यारा भनि नेपालीले टिका लगाइदिएका ज्ञानेन्द्र असफल भए । देश बनाउन भनेर बहुमतले नेकपालाई जिताएका जनताको मतको कदर गर्न नसक्नु वर्तमान सरकारको निरिहता विगतका सरकारको भुमिका, पार्टी भित्रैको आन्तरिक किचलो जस्ता विषयले राजाको समर्थनले भने यतिबेला व्यापकता पाउन थालेको छ ।