ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बालुवाटारमा नेकपाको रोइलो-भित्र केक पार्टी, सडकमा पत्रकार सम्मेलन

सेयर गर्नुहोस
  • 14
  •  
  •  
  •  
    14
    Shares

मंगलबार दिनको १ बजे पार्टि कार्यालय धुमबाराहीमा नेकपा सचिवालय वैठक बोलाइएको थियो । दुई अध्यक्ष विचको पत्रद्वन्द चिरफार हुने र पार्टिले नयाँ गतिलिने नेता कार्यकर्ताको विश्वास थियो । तर अन्तिम समयमा सुरक्षा थ्रेट देखाउदैँ सचिवालय बैठक धुमबारहीबाट प्रधानमन्त्री निवास बालुबाटार सारियो ।

नेकपा विवाद चरम उत्कर्षमा पुगेको र पार्टि भित्र जे पनि हुन सक्ने भन्दै धेरै सञ्चार कर्मी बालुबाटार पुगेका थिए । बालुबाटरको मुल गेटबाट भित्र प्रवेश रोक लागेका पत्रकार घण्टौं बाहिरै कुरी रहे । लामो समयसम्म बैठक चलेकाले सकारात्मक समचारको पर्खाईमा बसेका पत्रकार अर्थमन्त्री विष्णु पौडेलको बर्थ डे पार्टिको भन्दा धेरै समचार संप्रेसण गर्न सकेनन् ।

पार्टिका स्थाइ समिति सदस्य समेत रहेका अर्थमन्त्री विष्णु पौडेलको बर्थडे पार्टि गरेरै सकिएको नेकपा सचिवालय बैठकको निर्णय पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले सडक किनारमा नै सुनाए । सचिवालय बैठकमा दुवै प्रतिवेदनमा छलफल गर्ने की नगर्ने विवादका विच भोली सम्मका लागि बैठक स्थगित भयो । ‘दुवै प्रस्तावमाथि छलफल शुरूवात भएको छ, सकिएको छैन । छलफल औपचारिक रूपमा अगाडि बढाउने कार्यका साथसाथै नेताहरूको बीचमा अनौपचारिक संवादको प्रक्रिया अगाडि बढाउने सहमति भएको छ,’ प्रवक्ता श्रेष्ठको भनाई थियो ।

यद्यपी छलफल र बैठकका विषयमा दुई अध्यक्ष विच भनाभन भएको छलफलमा सहभागि एक नेताले द प्रेस नेपाललाई जानकारी दिए । उनका अनुसरा प्रधानमन्त्री केपी ओली सचिवालय बैठक छलफल नचाहेको र उनलाई महासचिवले साथ दिएको उनको भनाई छ । उता प्रचण्ड पक्षले भने छलफलको विकल्प नभएको भन्दै छलफल नगराउने को भनेर प्रश्न गरेको उनको भनाई छ ।

दुई अध्यक्षले एक अर्कालाइ दोसारोपण गर्दै आरोप पत्र सचिवालयमा पेश गरेसंगै नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको हो । ओली पक्ष सचिवालयमा समेत छलफल नगरी प्रस्ताव फिर्ता गराउने पक्षमा छ भने प्रचण्ड पक्ष स्थाइ समिति र केन्द्रिय समिति सम्म छलफल हुनु पर्ने पक्षमा देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *