नेकपा सचिवालय आज- सकिएला त पत्रयुद्ध ?
नेकपाका दुई अध्यक्षको पत्रयुद्ध समापाप्त पार्ने योजना सहित नेकपाको सचिवालय बैठक आज बस्दै छ । अध्यक्ष दोयको दोषारोपणका कारण पार्टी नै फुट्ने हो कि भन्ने चिन्ता व्यक्त भइ रहदाँ नेताहरुभने पार्टि फुट नहुने बताउदैँ आएका छन् ।
माधवकुमार नेपाल पक्ष र प्रचण्ड पक्षले प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर लिखित रुपमा असहमति राखेपछि शिर्ष नेताहरु विच लामो समयसम्म संवाद हिनता देखिएको थियो । संवाद हिनता चिर्दैँ सचिवालय बैठक बसे पनि दुई अध्यक्षको फरक फरक आरोप पत्रले पार्टि अझ अफ्ठ्यारोमा पर्दै गएको विस्लेषण हुन थालेको छ ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्ष भने प्रचण्डको प्रस्ताव फिर्ता वा संशोधन गराएर सचिवालयबाटै साझा प्रस्ताव बनाउने रणनीतिमा जुटी रहदाँ प्रचण्ड पक्ष भने सचिवालय केन्द्रिय सकिति हुदैँ स्थाइ समितिसम्म पुग्नु पर्ने अडानमा छ ।
बैठकको माग गरिएको पाँच नेताको पत्रको जवाफमा कात्तिक २५ गते प्रधानमन्त्री ओलीले प्रचण्डलाई पत्र लेखेपछि नेकपाभित्र पत्रयुद्ध सुरु भएको हो । कात्तिक २८ मा प्रचण्डले सचिवालय बैठकमा ओलीलाई जवाफी पत्र लेख्नुका साथै १९ पृष्ठको प्रस्ताव पेस गरे । त्यसको जवाफमा शनिबारको सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ पृष्ठको काउण्टर प्रस्ताव पेस गरे । तिनै पत्रको समाधान सहितका लागि आज सचिवालय बैठक बस्दै छ ।
यसरी पार्टि फुटको संघारमा पुगेको भन्दै विस्लेषण भइ रहेका समयमा नेताहरुले पार्टि फुटन नदिने जनाएका छन् । सोमबार गृह जिल्ला इलामा पुगेका नेकपा वरिष्ठ नेता झलनाथ खनालले रोटी तताएर खाउ भनेर बसेकाहरुलाई त्यस्तो परिस्थिती नबन्ने जिकिर गरे ।
उता नेकपाका नेता बर्षमान पुनले नेत्रृत्व विवादमा रहे युवाहरुलाई नेत्रृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन् ।