ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारी उदासिनताका कारण स्वास्थ्य संकट निम्तिएको स्वास्थ्य विज्ञको आरोप

स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनको संयुक्त संघर्ष समितिले कोरोना ब्यवस्थापनमा सरकारको उदासिनताले महामारी बढेको बताएका छन् ।

संघर्ष समितिले आज नेपाल चिकित्सक संघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै महामारीले देशको जनस्वास्थ्य अवस्था निकै कमजोर भएको बताएका छन । रोकथाम तथा नियन्त्रणमा सरकारको उदासिनता र लापरबाहिले मुलुकभर स्वास्थ्य संकट निम्तिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका केन्द्रिय उपाध्यक्ष डा कृष्णमान शाक्यको भनाई छ ।

राष्ट्रिय जनस्वास्थ्य संघर्ष समितिले स्वास्थ्यमन्त्रालयमा १८ बुँदे ज्ञापनपत्र बुझाएपनि कुनै सुनुवाइ नभएको र यसले ठुलो क्षति हुन सक्ने नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीको भनाई छ ।

महामारीको बेला समेत सरकारले नागरिकको स्वास्थ्यमा खेलवार्ड गरेको भन्दै सरकारले जारी गरेका निर्देशिका एकातिर कार्यान्वन अर्कातिर भएको उनिहरुको भनाई छ । साथै स्वास्थ्यकर्मीको प्रोत्साहन तथा जोखिम भत्ता समेत समयमा उपलब्ध नगराउनु लज्जास्पद भएको संघर्ष समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *