ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एकै दिन ३ सय ९३ आधारभूत अस्पताल शिलान्यास, जनशक्ती तथा स्रोत व्यवस्थापनमा विज्ञको सुझाव

सरकारले देशका ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि एकैदिन अस्पताल भवनको शिलान्यास गरेको छ ।

२०७४ साल बैशाख २१ गते क्याविनेटमा नै देशभर ५ देश १५ शैयाको अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । सो निर्णय ३ बर्षपछि कार्यान्वयन प्रकृया शुरु भएको हो  । सोही अनुसार आज एकै दिन  देशभर ३ सय ९६ स्थानमा नै आधारभुत अस्पतालको शिलान्याश गरिएको हो ।

सबै स्थानीय तहलाई अस्पताल शिलान्यास गरेर काम शुरु गर्न निर्देशन दिएका स्वास्थ्यमन्त्रीले चितवनमा सरुवा रोग अस्पतालको शिलान्यास गरेका छन् । उता अस्पताल शिलान्यासका लागि इलाम पुगेका नेकपाका बरिष्ठ नेता झलनाथ खनालले ढिलै भएपनि देशभरी अस्पताल खोलेर सरकारले राम्रो काम थालेको बताए ।

तेस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ललितपुरको गोदावारी नगरपालिकामा बज्रबाराही चापागाउँ अस्पतालको भवन शिलान्यास गरेका छन । सात वटै प्रदेशमा ५०/५० शैयाका सरुवारोग अस्पतालको पनि एकैसाथ निर्माण गर्न लागिएको अर्थमन्त्री पौडेलको भनाई छ ।

पालिका स्तरमा निर्माण हुन लागेका ३ सय ९६ वटा आधारभूत अस्पतालका लागि ५७ अर्ब ९५ करोड ११ लाख रुपैयाँको बजेटको स्रोत सुनिस्चितता अर्थमन्त्री पौडेलको भनाई छ । यस्तै सात वटै प्रदेशमा निर्माण हुने सरुवारोग अस्पतालका लागि प्रति अस्पताल ८ करोड रुपैयाँको दरले बजेट विनियोजन गरिएको छ ।

महामारीका विच देशैभरका स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण शुरु गर्नु उत्साहप्रद रहेको बताउदै विज्ञहरुले आवश्यक जनशक्ती तथा स्रोत साधनको पनि ब्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन । नेपाल स्वास्थ्यकर्मी संघ अध्यक्ष डा रामजी घिमिरेले अस्पताल निर्माण गरेर मात्रै पर्याप्त नहुने भन्दै जनशक्ति व्यवस्थापनमा जोड दिन आग्रह गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *