ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना संक्रमितलाई पनि सोही समयमा परिक्षा दिने वातावरण बनाउदैँ त्रिवि

कोरोना संक्रमणको जोखिमका कारण झण्डै ७ महिनापछि कक्षा १२ को परीक्षा सुरु  जारी छ ।  पुर्णाङकबाट ४० मा घटाएर परिक्षा सञ्चालन हुदाँ एसईई र कक्षा ११ को मुल्याङ्कन विद्यालयले गर्यो । कोरोना संक्रमण बढि रहेकै सकयमा त्रिभुवन  विश्वविद्यालले मंसिर अन्तिमबाट परिक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनीक गरेको छ । विद्यार्थीलाई भौतिक दुरी कायम गराएर परिक्षा सञ्चालन गर्नु परेका कारण परिक्षा नियन्त्रण कार्यलय अन्तिम तयारीमा जुटेको जनाएको छ ।

कोरोना संक्रमणका कारण परिक्षा केन्द्र थप गर्नु पर्ने भएका कारण परिक्षा नियन्त्रण त्यसको दौडमा छन् । सवै परिक्षार्थीलाई समेट्ने गरी परिक्षा केन्द्र तोक्ने तयारीमा रहेको त्रिविले कोरोना संक्रमितलाई पनि सकेसम्म तेसै दिन परिक्षा दिने वातावरण तयारी गरेको जनाएको छ । त्रिभिवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यलय बल्खुका सह नियन्त्रण साधुराम अर्यालले कोरोना संक्रमितलाई १५ मिनेट पछि परिक्षा हलमा पुर्याउने र १५ मिनेट पछि नै बाहिर निकाल्ने गरी तयारी भइरहेको जनाएका छन् ।

 उनले कोरोना संक्रमणका कारण स्वास्थ्य गम्भिर असर परेर परिक्षामा सामेल नै हुन नसक्ने विद्यार्थीका लागि मात्र पछि परिक्षाको व्यवस्था गर्ने जनाएका छन् । तेस्तै त्रिविले परिक्षा पछि त्तकाल क्याम्पसमा पठन पाठनको तयारी समेत सुरु गर्ने जनाएको छ ।

परिक्षासंगै नयाँ भर्ना तथा कक्षा सञ्चालनको तयारी थालेको त्रिविले वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकताका साथ लैजाने जनाएको त्रिवेले । भौतिक उपस्थितिबाट कक्षा सञ्चालनको जिम्म स्थानिय तहसंगको सहकार्यमा गर्ने गरी क्याम्पसलाई जिम्मा दिएको त्रिवले शैक्षिक सत्र विग्रन नदिन हर सम्भव प्रयास गरिरहेको दावी गरेको छ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भूषालल वैकल्पि सिकाइलाई प्रथमिकता दिने र भौतिक उपस्थिति गरेर पठन पाठन सञ्चालन गर्नु परे स्थानिय तहसंग सहकार्य गर्न क्याम्पसलाई निर्देशन दिएको जनाएका छन् ।

कोरोना महामारीका कारण त्रिविक अधिकाम्स परिक्षा स्थगित भएका छन् भने पठन पाठन समेत सहज रुपमा सञ्चालन हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *