ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

प्रधामन्त्री ओली र मदन भण्डारीको घर जोड्ने सडक प्रधानमन्त्रीले घोषणा गरेको भन्दा अन्यत्रबाट लान खोजेको भन्दै स्थानिय आन्दोलित

सेयर गर्नुहोस
  • 15
  •  
  •  
  •  
    15
    Shares

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका पूर्व महासचिव स्व मदन भण्डारीको घर जोड्ने सडक प्रधानमन्त्रीले घोषणा गरेको भन्दा वेग्लै स्थानबाट लान खोजेको भन्दै स्थानिय आन्दोलित भएका छन् ।

तेह्रथुमको आठराई गाउँपालिका ४ इवामा रहेको प्रधानमन्त्री केपी ओलीको जन्म घर र ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालीका ढुंगेसागुमा रहेको स्व मदन भण्डारीको घर जोड्ने सडक २०७६ फागुन ११ गते प्रधानमन्त्री केपी ओलीले शिल्यान्यास गरेका थिए ।

आफ्नो जन्मदिन मनाउन गाउँ पुगेका ओलीले सडक शिल्यान्यास गर्दै सडकले छुने स्थान समेत घोषणा गरे । जसमा साविक छातेढुगाँ गाविसको सुकेपोखरीबाट सुरु भएको सडक पोखरी मा वि, भानु आधारभुत विद्यालय भदौरे, लक्ष्मी आभारभुत विद्यालय  विजौरे ह्वाकु हुदैँ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको ढाडेँ पुर्याउने र त्यहाबाट गुप्तेस्वर मा वि चोकपुर फुलबारी देखि मदन भण्डारी जन्मिएको घरसम्म पुर्याउने घोषणा गरेका थिए । तर स्थानिय जनप्रतिनिधिले उक्त स्थानलाई नछुने गरी केही माथीबाट नै सडक लाने गरी नापि सुरु गरेपछि स्थानिय आन्दोलीत बनेका हुन ।

स्थानियले आइतबार आठराई गाउँपालिका वडा नम्वर ४ को कार्यालय इवामा धर्ना दिए भने सोमबार वडा नम्वर ३ को कार्यालय ह्वाकुमा धर्ना दिएका छन् । तल्लो स्थानमा सडक नजोडिएको समयमा प्रधानमन्त्रीले सडक बनाउने उद्घोष गरेको तर स्थानिय जनप्रतिनिधिले बल प्रयोग गरेर सडक माथी सारेको उनीहरुको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *