ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बोको हरामको क्रूरता- खेतमा काम गरिरहेका एक सय दश जनाको घाटी रेटी हत्या

नाइजेरियामा इस्लामिक स्टेट आतंकवादी समूह बोको हरामले खेतमा काम गरिरहेकाहरुलाई नियन्त्रणमा लिएर १ सय १० जनाको क्रूर ढंगले हत्या गरेको छ ।

बोको हरामले  खेतमा काम गरिरहेकाहरुलाई नियन्त्रणमा लिएर हातखुट्टा बाँधी घाँटी रेटेर हत्या गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

गत शनिबारको पूर्वोत्तर नाइजेरियाको मैदुगुरी शहर नजिकको गाउँलाई सुरुमा ४३ शव फेला परेका थिए । तर पछि थप शव फेला परेर मारिनेहरुको संख्या ११० पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका एक अधिकारी एडवर्ड क्यालनले भनेका छन्, ‘यो घटना निर्दोष नागरिकमाथि भएको यस वर्षकै सबैभन्दा हिंस्रक हो । म यो जघन्य अपराधीहरुलाई कारबाही गरेर न्याय दिलाउन आग्रह गर्दछु ।’ संयुक्त राष्ट्रसंघले यो हत्याको निन्दा गर्दै नाइजेरियाको अवस्थाप्रति चिन्ता प्रकट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *