ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेतृत्व युवालाई हस्तान्तरण गर्ने कुरा आवेग र उत्तेजनामा घोषणा गर्ने विषय होइन : मन्त्री पुन

पछिल्लो समय दुई ठूला दल नेपाली नेकपा र नेपाली काँग्रेस महाधिवेशनको संघारमा छन् । पाटि गुट र उपगुटमा विभक्त भएका समयमा युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर गुटको अन्त्य गर्ने भन्दै नेताहरुले आफ्ना अस्त्रहरु फ्याक्दै आएका थिए । यद्यपी युवा नेत्रृत्व मूल नेत्रृत्व लिने वा नलिने मौन भएकै समयमा ऊर्जामन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त)ले आफुहरु नेतृत्व लिन तयार भएको बताएका छन् ।

नेकपा भित्रका दुई अध्यक्षविच दोषारोपण बढेका समयमा प्रधानमन्त्री समेत रहेका पार्टि अध्यक्ष केपी ओलीले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने संकेत गरेका थिए । जस्का लागि अर्का पार्टि अध्यक्ष पुस्पकमल दाहाललाई तयारी रहन समेत उनको चुनौति थियो । तर उक्त समयमा कुनै पनि युवा नेताले खुलेर नेतृत्व लिन सक्ने जनाएका थिएन्न  ।

पार्टिको गुट मिलाउन वा अर्का अध्यक्षलाई थम्क्याउन मात्र पार्टि नेतृत्व युवामा जिम्मा दिने भन्ने तर व्यवहारमा नेत्रित्वको मोह नछाड्ने प्रविर्तिवाट हैरान भएका  युवापुस्ता बाट नेत्रृत्व लिन तयार भएको दावी गरेका हुन् ।

रोल्पा नगरपालिका–३ लाँकुरीमा ३३÷११ केभी सबस्टेशनको उदघाटन कार्यक्रमलाई सोमबार बिहान सम्बोधन गर्दै मन्त्री पुनले भने, ‘दुवै अध्यक्षले प्रक्रियागत रुपमा निर्णय गर्नुस्, प्रधानमन्त्री र पार्टी अध्यक्ष पनि छाड्छौं भन्नुस्, हामी युवाहरु प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै चलाउन तयार छौं । र उहाँहरुलाई अभिभावकको रुपमा सम्मानित स्थान दिएर राख्छौं ।’

नेता पुनले नेतृत्व युवालाई हस्तान्तरण गर्ने कुरा आवेग र उत्तेजनामा घोषणा गर्ने विषय नभएको बताए । ‘यो विवेकले, प्रक्रियासम्मत ढंगले पार्टीले निर्णय गर्ने विषय हो,’ पुनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *