ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

१३ औं सागमा खेलकुद भन्दा निर्माणमा दोब्वर खर्च

राष्ट्रिय खेलकुद परिषद ९राखेप० ले १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा खेलकुदतर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार खर्च गर्दा निर्माणतर्फ २ अर्ब ६८ करोड १४ लाख २८ हजार खर्च गरेको छ ।

राखेपले खेल सकिएको करिव एक बर्ष पछि आय तथा व्यय विवरण सार्वजनीक गर्दै खर्चको उत्क विवरण पेश गरेको हो । विवरण अनुसार साग खेलकुद तर्फ १ अरब ३१ करोड ७८ लाख ४३ हजार र निर्माणतर्फ २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ खर्च भएको छ ।

राखेपले सचिवालय खर्च अन्तर्गत रेफ्री तालिम, बिध्युत, भ्रमण, बैठक सुरक्षा, सुचना लगातमा कुल ६ करोड ७४ लाख ५६ हजार ४ सय ७९ खर्च गरेको छ ।, खेल सामाग्री ब्यावस्थापका १ करोड २९ लाख ६ हजार ३ सय ७९ खर्च गरेको बताएको छ । राष्ट्रिय टिमको तयारीमा ३० करोड ८० लाख ८१ हजार ९ सय ३९ रुपयाँ खर्च गर्दा समारोह उद्घाटनमा ११ करोड ५९ लाख ८८ हजार ८ सय ४ खर्च भएको छ । होटल बसोबास १३ करोड ५९ लाख ६७ हजार ६ सय ८३ , यातायात ब्यावस्थापनमा ३ करोड ८३ लाख ९४ हजार ४६ खर्च गरिएको छ ।

राखेपले सागमा पोखरा सचिवालयमा ७ करोड ६२ लाख ९८ हजामर २ सय २४ रुपयाँ खर्च गरेको छ । त्यस्तै जनकपुर सचिवालयमा ६२ लाख ९८ हजामर २ सय २४ र पोखरा सचिवालयमा ५ लाख ९३ हजार ५ सय १ रुपयाँ खर्च गरेको छ ।


निर्माणमा धेरै खर्च गरेको राखेपले शरथ रंगसाला निर्माणमा ६८ करोड १ लाख ५६ हजार, पोखरा रंगसाला निर्माणमा १ अर्व ४ करोड ५६ लाख ८८ हजार ४ सय ६८ खर्च गरेको छ ।सागका लागि ५ अर्ब ६९ करोड बजेट प्रस्ताव गरेपनि सरकाले ३ अर्ब ६५ करोड विनियोजन गरेको थियो ।

सरकारबाट १ अर्ब २३ करोड १८ लाख ४८ हजार, टिकट बिक्रीबाट २ करोड ६७ लाख ११ हजार ६७५, विज्ञापनबाट २० लाख ९ हजार ९ सय १५ र सहभागी राष्ट्रबाट १ अर्ब ३७ करोड २७ लाख ९४ हजार ४२३ रुपैयौ अहिलेसम्म प्राप्त भएको सदस्यसचिव सिलवालले दिए ।


१३ औं साग गत वर्षको मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको थियो । घरेलु भूमिमा भएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदकसहित कुल २ सय ६ पदक जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *