ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

खेलकुद गतिविधि संचालन गर्न विभिन्न विकल्प प्रस्तुत

नेपाल ओलम्पिक कमिटीको आयोजनामा गरेको तेस्रो राष्ट्रिय स्पोर्टस फोरम भर्चुअल रुपमा आइतबार सम्पन्न भएको छ ।

खेलकुद क्षेत्र, संघ र यसका पदाधिकारीलाई ओलम्पिक अभियान र ओलम्पिक भ्यालुज तथा खेलसंग सम्बन्धित गतिविधिबारे जानकारी दिन आयोजना गरिएको फोरममा विज्ञले विभिन्न सुझावहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा श्रीलंकाली ओलम्पिक कमिटीका महासचिव म्याक्सवेल डि सिल्भा र एसियाली ओलम्पिक कमिटी(ओसीए) प्रतिनिधि प्रोफेसर बीएलएच परेरासले ओलम्पिक मूल्य र मान्यताबारे सजगता ल्याउन विद्यालय स्तरमा कार्यक्रम चलाउन आवश्यक रहेको धारणा राखेका थिए । उनीहरुले ‘ओलम्पिक मूल्य र मान्यता’ कार्यपत्र समेत प्रस्तुत गरे ।

यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सदस्य स्वेङ मिन र्‍युले विश्व खेलकुदका लागि वातावरण उत्तिकै महत्त्वको मुद्दा भएको बताउदैँ खलकुद वातावरण बनाउन खेल क्षेत्र नै जागरुक भउर लाग्नु पर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटी मेडिकल कमिसनका अध्यक्ष डा सरोजकृष्ण श्रेष्ठले ‘कोभिड–१९’ र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दूर्गा सुवेदीले ‘संचार क्षेत्र र मार्केटिङ’, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले ‘खेलकुद संरचना र पद्धति’ बारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए  ।

राष्ट्रिय खेलकुद परिषदको आर्थिक विभाग प्रमुख ऋषिराम पोखरेलले ‘राष्ट्रिय खेलकुद परिषदको लेखा प्रणाली’, उमेश ढकालले ‘कर प्रणाली’, वरिष्ठ अधिवक्ता लोकभक्त राणाले ‘खेलकुद ऐन २०७७’ बारे प्रकाश पारे ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नागरिक, उड्डयन तथा संस्कृति मन्त्री योगेश भट्टराई,राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवा लगाततको उपस्थिती थियो । कार्यक्रममा सदस्य सचिव श्रेष्ठले नेपाली खेलकुदका प्रतियोगिता आयोजना सुरु बताउदैँ त्यसका लागि दर्शकसहितको प्रतियोगिता, आंशिक दर्शकसहितको प्रतियोगता र दर्शनविहीन प्रतियोगिता विकल्प रहेको बताए ।

सोही कार्यक्रममा १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि स्वर्ण पदक दिलाउने १३ संघलाई प्रशंसा पत्र पनि प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *