ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भ्रष्टाचारमा १ नम्बर भन्ने तथ्यहीन प्रतिवेदन पेस गरेको सरकारको दाबी ।

प्रतिवेदनमा दलगत भुमिकाबाट र केही राजनीतिक माफियाको चलखेल भएको भन्दै   राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको र ‍तथ्यहीन अनुसन्धानबाट प्रतिवेदन तयार पारिएको सरकारको दाबी छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन-२०२० मा नेपालमा प्रधानमन्त्री नै भ्रष्टाचारका नायक भएको उल्लेख गरिएको छ ।प्रधानमन्त्रीलेनै भ्रष्टाचारीको बचावटमा ठूलो भमिका खेलेको सहि अनुसन्धानले उल्लेख छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले आइतबार मन्त्री परिषदको निर्णय मार्फत वक्तव्य जारी गर्दै ‘प्रमाणित नभएका आधारविहीन तथ्य तथ्यांक जुटाएर कुनै खोज अनुसन्धानविनै मनोगत धारणाबाट अभिप्रेरित मनोगत धारणाबाट अभिप्रेरित भएर सरकार असफल बनाउन र सरकारको लोकप्रियता गिराउन यस्तो आधारहिन रुपमा निकालिएको प्रतिवेदन सरकारले बहिष्कार गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति मार्फत ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल र त्यसमा आवद्ध व्यक्तिहरुको दलीय अवद्धता, स्वच्छता र निश्पक्षतामा नै प्रश्र उठाउनु आवश्यक भएको मन्त्री गुरुङले बताएका छन् । सरकारको प्रगति नचाहने, सरकारविरोधी एक हजार व्यक्तिबाट लिएको टेलिफोन अन्तर्वाताको आधारमा प्रतिवेदन आएको मन्त्री गुरुङले बताएका छन् ।

रोचक त के छ भने सरकारले आफ्नो बचाउका क्रममा आफैंले अस्वीकार गरेको भनिएको ट्रान्सपरेन्सी इन्टरनेसनलकै त्यही प्रतिवेदनको साहारा लिएको छ

अध्ययनमा राजनीतिक रुपमा ठूला निकयाबाट भ्रष्ट्राचार बढी भएको उल्लेख हुँदा ६२ प्रतिशत उत्तरदाताले भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरुको कदम सहि नभएको भन्न कदम चालेको भन्ने उत्तर दिएको भन्दै पुन मन्त्रालयले पुन प्रतिवेदनलाइ आधार मानिएको छ । यसले भ्रष्टाचार नियन्त्रणमा सरकार दृढ रहेको सरकारका प्रवक्ता गुरुङले बताए ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको करप्सन इण्डेक्समा नेपाल १२४ औं स्थानमा थियो । २०१९ मा ११ स्थानमाथि उक्लिएर ११३ मा उक्लिएको भन्दै उनले भने, एक वर्षपनि नवित्दै नेपाल १ नम्बरमा आउनै नसक्ने सरकारका प्रवक्ता गुरुङ बताउँछन् ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *