कोरोनाका कारण एकै दिन २५ जनाको ज्यान गयो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।भने १४ सय ४ जना डिस्चार्ज हुँदा २५ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ भने २ लाख १२ हजार बढी कोरोनाबाट मुक्त भएर घर फर्केका छन् ।
देशभर क्वारेन्टिनमा ६३२ जना रहेका छन् भने आइसोलेसनमा १७ हजार ९०९ जनाको उपचार भइरहेको छ । अहिलेसम्म नेपालमा १७ लाख २७ हजार ८३६ जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ सय ७९ पुगेको छ ।