ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महासंघकाे निर्वाचनमा चन्द्रप्रसाद ढकाल निर्वाचित, प्रधान दाेस्राे पटक पराजित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । ढकालले एसोसिएटबाट ५२२ मत, वस्तुगतबाट ५९ मत र जिल्ला तथा नगरबाट ५२ मत प्राप्त गरे ।
ढकालका प्रतिद्वन्द्वी किशोर प्रधानले एसोसिएटबाट ३७४ मत, वस्तुगतबाट ३९ र जिल्ला तथा नगरबाट ५३ मत प्राप्त गरे । जित सँगै ढकाल नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष भन्ने भएका छन् ।


एशोसिएटको मातभार ३० प्रतिशत, बस्तुगतको मत भार २० प्रतिशत र जिल्ला नगरको ५० प्रतिशत मत रहने प्रवधान रहेको छ ।
ढकाल प्यानलबाट एसोसिएटतर्फका उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन् भने प्रधान प्यानलबाट वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था गरेकोले उपाध्यक्ष र सोभन्दा मुनिका विभिन्न पदमा शनिबार मतदान भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *