ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओलीको ३८ पृष्ठ लामाे पत्र पछि प्रचण्डले भने अहंकारी, दम्भी र व्यक्तिवादी

काठमाडौं । लिखितरुपमा एक अर्काबीच आरोप प्रत्यारोप लगाइरहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अचेल एक्लाएक्लै सम्वाद हुन छाडेको छ ।

शनिबार दिउसो बालुवाटारमा बोलाइको बैठक केही ढिलो गरी शुरु भएको थियो, जहाँ ओली र प्रचण्डले एकअर्का विरुद्ध बोले । बैठकको सुरुमा कार्यकारी अध्यक्ष प्रचण्डले गत मंसिर ३ को बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई डकुमेन्ट लेख्नका लागि १० दिनको समय दिएको स्मरण गर्दै प्रस्ताव ल्याउनुभएको होला भनेर प्रस्तुत गर्न आग्रह गरे ।

त्यसपछि ओलीको लिखित प्रस्ताव खाममा राखेर सबै नेताहरुलाई वितरण भयो । कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २८ मा पेश गरेको प्रस्ताव र सात पृष्ठको पत्रको जवाफमा ओलीले ३८ पृष्ठको प्रस्ताव पेश गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्ताव एजेण्डाका रुपमा दर्ता नहुने भन्दै पार्टी एकताको रक्षा गर्ने हो भने त्यसलाई फिर्ता लिएर प्रचण्डले आत्मालोचना गर्नुपर्ने बताए ।

प्रस्तावमा आफूमाथि गलत लाञ्छनाहरु लगाइएकाले प्रचण्डले त्यसलाई फिर्ता लिएर क्षमा मागेपछि मात्रै पार्टी एकता अघि बढ्न सक्ने प्रधानमन्त्री ओलीको अडान थियो ।

बैठकमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले अन्तरिम कमिटीहरुको बहुमतले आफूलाई हटाउन खोजेमा त्यो मान्य नहुने भन्दै त्यस्तो अन्तरिम कमिटीहरुको बहुमतको निर्णय आफूले नमान्ने बताए ।
शनिबारको बैठकमा ओलीको प्रतिवेदनमाथि कुनै छलफल भएन । प्रतिवेदन पेश गर्दै ओलीले पार्टीभित्र हुनुपर्ने भन्दा पनि नहुनुपर्ने प्रस्ताव ल्याइएको बताए ।
प्रधानमन्त्री ओलीले घोचपेच गरेपछि प्रचण्डले पनि म केही कुरा राख्छु भन्दै केपी ओलीलाई अहंकारी, दम्भी र व्यक्तिवादी भएको आरोप लगाए ।

प्रधानमन्त्रीले ल्याएको लिखित प्रस्तावको जवाफ त्यसको अध्ययन गरेपछि दिने बताउँदै प्रचण्डले बैठकमा प्रधानमन्त्रीका कुरा सुनेपछि संक्षिप्त टिप्पणी गर्न मन लाग्यो भन्दै आफ्ना कुरा राखेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *