ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दाङकी चेली डा निगाता केसी मीस नेपालको फाईनलमा ।

सेयर गर्नुहोस
  • 28
  •  
  •  
  •  
    28
    Shares
देशभरिका २ सय बढी प्रतिष्पर्धीहरुलाई उछिनेर दाङकी सुन्दरी डा. निगाता केसी मिस नेपाल २०२० को फाइनलमा पुगेकी छन् ।
नेतृत्व विकास, व्यक्तित्व विकास, महिला सशक्तीकरण लगायत अन्य जीवन व्यवहार सम्बधी सीप र कलाबारे ३ महिने प्रशिक्षण सकाएकी निगाता अन्तिम तयारीका लागि आइतबारदेखि २ हप्तासम्म क्लोज क्याम्पमा जानेछिन । बहुप्रतिभाकी धनी एवं आकर्षक व्यक्तित्वकी धनी सुन्दरी २४ वर्षीया निगाताको उचाइ ५ फिट ५ इन्च छ । भविष्यमा छाला रोग विशेषज्ञ बनेर एसिड आक्रमण पीडितहरुको सेवा र उपचारमा संलग्न हुने डा. निगाताको लक्ष्य छ । यो लक्ष्य संगै मिस नेपालको उचाइमा उनि पुगिसकेकी छिन ।
आफ्नो लक्ष्य र सपना पूरा गर्न मिस नेपालमा सहभागी भएको सुन्दरी निगाता बताउदै आएकी छिन । प्रतियोगितामा विभिन्न बिधासहित उपाधिको लागि अन्तिम प्रतिष्पर्धामा उनि पुगेकी छिन । प्रतियोगिताको अन्तिम तयारी चलिरहँदा आयोजक हिडन टिजर्सले मिस पपुलर च्वाइस अवार्डको लागि मतदान खुल्ला गरेको छ । यो अवार्डका लागि निगाताले आफूलाई भोट गर्न सबैलाई अपील गरेकी छिन् ।
क्लोज क्याम्पमा फाइनल राउण्डमा गरिने प्रस्तुतिकरणबारे प्रशिक्षण हुनेछ । प्रतियोगितामा विभिन्न विधासहित उपाधिका लागि सुन्दरी निगाताले कडा मिहेनत गरिरहेकी छिन् ।जसमा फाइनलमा पुगेका अन्य सुन्दरी सहित निगाता केसी यसमा सहभागी हुनेछिन । घोराही १५ रतनपुर निवासी बिष्णुबहादुर केसी र ललिता केसीकी कान्छी छोरी डा. निगाता पढाइ लगायत अन्य क्षेत्रमा उत्तिकै अब्बल छिन् । कला क्षेत्रमा विशेष रुचि राख्ने निगाताले चिकित्सा विषयमा एमबिबिएस समेत सकाएकी छिन् ।  
आइएमइ पे (Ime Pay app) एप डाउनलोड गरी सो मार्फत प्रतिष्पर्धी नं. ७ की निगातालाई भोट गर्न सकिन्छ । मिस नेपाल २०२० को फाइनलमा २१ जना प्रतिष्पर्धीहरु सहित निगाता केसी छन्  ।
द हिडन टिजर्सले आयोजना गरेको मिस नेपाल २०२० को फाईनल मंसीर २० गते हुँदैछ । मीस नेपाल विशेष नारीको व्यक्तित्व र क्षमता दर्शाउने सुन्दरी प्रतियोगीता हो । प्रतियोगीतामा बिजेता हुनेलाई मीस नेपालको उपाधि दिईन्छ र मीस नेपालले बिश्व सुन्दरीको प्रतियोगीतामा समेत भाग लिन पाउने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *