ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्वकै सबैभन्दा लामाे कार्तिक नाच कोरोनाकाबीच यसरी मनाईयो (फाेटाेफिचर)

विश्वकै सबैभन्दा लामो मानिने कार्तिक नाचअन्तर्गतको बराह नृत्य यसपटक भने स्वास्थ्य मापदण्ड पालना गरेर २ दिन मात्रै मञ्चन गरिएको छ ।

हरेक वर्ष कार्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कार्तिक नाच गत वर्ष १२ दिन प्रदर्शन गरिएको थियो । वर्ष भने विश्वव्यापी कोरोना महामारीका कारण सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर मात्र प्रदर्शन गरिएको छ। मुलुकमा अझै महामारी रहिरहेकाले नृत्यमा सहभागी मानिसको स्वास्थ्यमा ख्याल गरेर सामाजिक दूरी कायम गर्न लगाएर बराह नृत्य सम्पन्न गरिएको छ । यस पटकको कार्तिक नृत्यमा केही मानिस मात्र सहभागी भएका छन् ।
विष्णुपुराणमा आधारित कथानुसार हिरण्याक्ष दैत्यलाई आज मात्रै भगाइने काम गरिन्छ। वि सं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सोचेर  सुरु गरेका थिए । कार्तिक नाचको थालनी भएसँगै इतिहासमा कुनै वर्ष पनि कार्तिक नाच रोकिएको छैन । कार्तिक नाच प्रथम पटक पाँच तथा सिद्धिनरसिंहका छोरा राजा श्रीनिवासका पालादेखि बाथःप्याखँ, अर्थात् लोकनाटक,सुदामा प्याखँ र सुरदास प्याखँ थपेर १५ दिन सञ्चालन गरिएको जानकारले बताउँदै आएका छन् । यसैगरी श्रीनिवासका छोरा राजा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीला थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेको  नाच मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको समितिले जनाएको छ। सिद्धिनरसिंहका नाति योगनरेन्द्रका पालामा कात्तिकभरि सञ्चालन गरिएको सो नाचमा १७ विधाका कथा वा नृत्य प्रदर्शन गरिन्छ ।
कोरोना महामारी आउनुअघि मुलुककै लामो नाच हेर्न स्वदेशीका साथसाथै विदेशी मुलुकका थुप्रै मानिस पाटन आउँथे तर  यस वर्ष कोभिडको जोखिमले नाचको औपचारिकता मात्र पुरा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *