ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाले आक्रन्त बनाउँदै मुलुक काहाँ कति थपिए कोरोना संक्रमित

गत चौबिस घण्टामा थप १ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा गर्दै आएको कोरोना अपडेटमा विभिन्न प्रयोगशालामा गरीएको ९ हजार ३ सय ६८ वटा कोरोना परीक्षण काठमाडौं उपत्यकामा ६ सय ४५ जना सहित  देशभर १ हजार ३ सय ८० जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल कोरोना संक्रमीतको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ। पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणका कारण थप १९ जनाले ज्यान गुमाएका छन्। यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या १ हजार ४ सय ५४ पुगेको छ।


गत चौबिस घण्टामा ५ सय १५ जना कोरोनाबाट मुक्त भएका छन् । यो सँगै हालसम्म २ लाख ११ हजार १ सय ८६ जना कोरोनाबाट मुक्त भएका छन् । देशभर क्वारन्टिनमा ६ सय १८ जना र संक्रिय संक्रमित १८ हजार ८३ जना  रहेको मन्त्रालयले जनाएको छ।


कुन जिल्लामा कति थपिए कोरोना संक्रमित

प्रदेश १ को इलाममा २, उदयपुरमा २, ओखलढुंगामा ६, खोटाङमा २, झापामा ६८, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा ३, पाँचथरमा ६, भोजपुरमा ३, मोरङमा ४१, संखुवासभामा १ र सुनसरीमा ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश २ को धुनषामा ११, पर्सामा १, बारामा १, महोत्तरीमा १, रौतहटमा १, सप्तरीमा ७, सर्लाहीमा ६ र सिरहामा ९ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । यसैगरी बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय ८५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १९, चितवनमा १३, दोलखामा ९, धादिङमा १५, नुवाकोटमा १८, भक्तपुरमा ३६, मकवानपुरमा १५, रामेछापमा ६, ललितपुरमा १ सय २४, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
 
गण्डकी प्रदेशको कास्कीमा १ सय १८, गोरखामा १३, तनहुँमा २२, नवलपरासी पूर्वमा १, पर्वतमा २, मुस्ताङमा २, म्याग्दीमा ३, लमजुङमा २४ र स्याङजामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा १३, गुल्मीमा ८, दाङमा ४, नलवपरासीमा १७, पाल्पामा १५, प्यूठानमा ३, बर्दियामा १३, बाँकेमा ३७, रोल्पामा १ र रुपन्देहीमा ५८ जना संक्रमित थपिएका छन् ।
 
यस्तै, कर्णाली प्रदेशको दैलेखमा १ जनामा मात्र कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशको अछाममा ४ र डडेल्धरामा ४ जना संक्रमण देखिएको थपिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *