ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रुकुममा जन्ती बोकेको जिप दुर्घना चार जनाको मृत्यु

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा एकै गाउँका चार जनाको मृत्यु भएको छ ।
आठबसिकोट नगरपालिका–८ दाजे भन्ने ठाउँमा रा १ ज ५८९ नम्बरको जिप दुर्घटना हुँदा सोही वडाका चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए ।


शुक्रबार साँझ करिब ७ बजे आठबिसकोट नगरपालिका–८ दाजेबाट सोही नगरपालिका–१० घारीखोला फर्कने क्रममा जिप दुर्घटना भएको उनले बताए । दुर्घटनामा आठबिसकोट–८ का ५१ वर्षका कलिभान नेपाली, ४८ वर्षका आइते चनारा, ५१ वर्षका गोरे नेपाली र ६६ वर्षा सार्के नेपालीको मृत्यु भएको डिएसपी केसीले बताए ।

दुर्घटनामा सोही ठाउँका ५८ वर्षा लालबहादुर नेपाली घाइते छन् । उनको अवस्था गम्भीर रहेको डिएसपी केसीले बताए । स्थानीयहरुका अनुसार जिप सडकबाट करिब एक सय मिटर तल खसेको हो ।

दुर्घटनापछि जिप चालक सोही नगरपालिका–९ का २८ वर्षका डिल्लीबहादुर नेपाली भने फरार रहेको प्रहरीको भनाइ छ । घटनाका विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *