ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

को हुन विश्वकै उत्कृष्ट १०० मा पर्ने सपना रोका मगर, जसले वेवारिसे लास जलाउँछिन ।

सेयर गर्नुहोस
  • 77
  •  
  •  
  •  
    77
    Shares

वेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन बीबीसी को प्रभावशाली महिलाको सूचिमा परेकी छन् ।
बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गर्दै  यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस कोभिड–१९ विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा केही वैज्ञानिक लगायतको नामसंगै नेपालमा वि वेवारिसे शव व्यवस्थापन गर्दै आएकी सपना रोका मगरको नाम प्रभावशाली महिलाको सूचिमा समावेश गरेको हो । सपना रोका मगर र उनिसंगै संगै हातेमालो गर्दै आएका विनयजंग बस्नेत संगै दर्जनौ वेवारिसे शव सडकमा अनायासै ज्यान गुमाउने दर्जनौ शवको दागबत्ती समेत दिंदै आएकी छिन । वर्षेनी १६ श्राद्धमा सामुहीक श्राद्ध र दान समेत गर्दै आएका विनय र सपनाले ३/४ महिनाको अन्तरमा वेवारिसेको समंझनामा यज्ञ समेत लागउने गर्छन् ।
को हुन सपना रोका मगर
·        म्याग्दीमा जन्मीएकी वर्ष १९ टेकेकी सपनाले म्याग्दीबाटै एसएसली पास गरिन सामान्य परिवारमा हुर्कीएकी सपनाले शहर झरी कक्षा १२ तहसम्मको शिक्षा पुरा गरेकी छिन ।
·        अन्तर्वातामा आफ्नो विगत नमिठो भएको सपना बताउँछिन । आफ्नो जिद्दी पनाले आफ्नो विगतमा कसैको दुख देख्न आफूले एक पल पनि नसक्ने र आफू कुनै अवस्थामा पुगेर पनि पुरा गरेरै छाडने उनि बताउँछिन । सामाजिक सन्जाल मार्फत एक्कासी वैवाहिक बन्धनमा जोडिएकी सपनाले ३ महिनामै सम्बन्धबाट आफू छुट्टिएको बताएकी छिन । समाजमा आफ्नो नकारात्मक कुरा हुन थालेपछि उनि आफू घरबाट समेत २ महिना टाढा बसिन । २ महिना सडकको साहारामा बाँचेकी सपना आफ्नो सडकको भोगाई र दुख देखेपछि सम्पूर्ण सपना त्यागेर सामाजिक सेवामा आफूलाई समर्पित गरिन । सामाजिक सन्जालबाटै सामाजिक सेवामा वेवारिसे शव व्यवस्थापन गर्दै आएका विनय जंग बस्नेत संग जोडिन पुगिन बाबु छोरीको रुपमा जोडिएका विनय र सपना विगत ३ वर्षदेखी यसै कर्ममा छन् । सपनाका कर्म दिने वुवा विनयजंग बस्नेत र सपनाले हालसम्म ३ सय धेरै वेवारिसे लास व्यवस्थापन गर्दै आएका छन् भने सपनाले मात्रै १ सय भन्दा धेरै वेवारिसे लासमा दागबत्ती दिइसकेकी छिन । कैयन दिनसम्म सडेर किरा परेका लास समेत सपना र विनय मिलेर व्यवस्थापन गर्दै आएका छन् । जिउँदो हादै मरे तुल्य भएकाहरुलाई सपनाले मृत्युमा साथ दिंदै आएकी छिन । आमाको सफल छोरी बन्न नसकेपनि सामाजिक कर्मबाट असल छोरी बनेर चर्चा कमाउन पाउँदा आफूलाइ समाजिक कर्ममा लाग्ने उर्जा थप बढेको उनि बताउँछिन । आफ्नो कर्म दिने बुबा विनय जंग बस्नेत र आफ्नो बारेमा गरिएको नकारात्मक टिप्पणीको पनि सपनाले गलत भएको बताएकी छिन । आमाको डाक्टर बनाउने सपना पुरा गर्न नसकेकी सपनाले डाक्टरले उपचार गर्न नसक्ने शवको व्यवस्थित उपचार गर्दै आएकी छिन ।
·        बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनको समयमा निःशुल्क खाना खुवाउँदै थप पुनित कार्यमा व्यस्त बनेकी सपना बिबिसिले १०० उत्कृष्ट महिलासंगै राखेसंगै उनको व्यस्तता बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *