ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भोली देखी आगामी तीन दिन मौसम सफा रहने ।

दुइ दिन देखी बदलीएको मौसम भोलीबाट सफा रहने माैसम पूर्वानुमान महाशाखाले बताएको छ । पश्चिमी वायुको प्रभावका कारण बदलीएको मौसम आज रातीदेखीनै पूर्व तर्फ बहने हुनाले राती पनि मौसम बदलीको सम्भावना कम हुने महाशाखाले बताएको छ।

आज दिनभर प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदलि रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना ररी दएको छ । बाँकि भुभागमा मौसम सामान्यतया सफा रहने र गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ । मौसम विद प्रतिभा मानन्धरका अनुसार आज राती सुदूर पश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भू भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ  पश्चिमबाट हावा चलेको हुनाले सहि हावाले भोली देखी क्रमस वायु पुर्वतर्फ धकेल्ने हुनाले  हीजो पश्चिममा भएको मौसम आज मध्य हुँदै भोली पूर्वबाट सफा हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *