ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

५२ महिना पछि टुट्यो शेयर बजारको कीर्तिमान, एकै दिन थप दुई कीर्तिमान कायम

काठमाडौं । आज भन्दा करिब साढे चार बर्ष अघि सन् २०१६ जुलाई २७ मा नेप्से परिसूचक १८ सय ८१ दशमलब ४५ अंकको विन्दुमा पुगेको थियो । उक्त विन्दु ५२ महिनापछि आज (बिहीबार) पार भएको छ ।


साढे चार बर्ष अघि अर्थमन्त्री विष्णु पौडेल अर्थमन्त्री हुँदा बनेको रेकर्ड विहिबार पौडेलकै कार्यकालमा तोडिएको छ । विहिबार नेप्से परिसूचकले १९ सय २६ अंकको उच्चतम रहेकर्ड बनाएको छ । त्यसपछि बजारमा उदारचढाव भई १८ सय ९३ मा आई बन्द भएको छ । कारोबार रकममा पनि नयाँ कीर्तिमान कायम भएको छ । एकैदिन ७ अर्ब ६१ करोडको कारोबार भएको छ । बजारले नयाँ नयाँ कीर्तिमानहरु बनाइरहेको यही बेला अर्थमन्त्रीको रुपमा पुनः पौडेल नै आएका छन् ।


अहिले कतिपय लगानीकर्ताहरुले विष्णु पौडेल अर्थमन्त्रीको रुपमा दोहोरिएका कारण पनि नेप्सेले नयाँ कीर्तिमान बनाइरहेको दाबी गरेका छन् । भने कतिले यो संयोग मात्रै भएको बताएका छन् । अर्कोतिर बजारमा बैंकको व्याजदर कम भएको छ भने बैंकले निक्षेप कर्तालाई पनि कम व्याज दिईरहका छन् । निक्षेप कर्ताले बैंकमा जम्मा गर्नुको सट्टा शेयरमा लगानी गर्दा बढि पैसा आउने देखेर शेयरमा लगानी गर्दा शेयर बजारको यात्रा उकालो लागेको जानकारहरु बताउछन् ।
अहिले बजारमा २ खर्ब तरलता रहेको छ । संयोगबस यही समयमा पौडेल पुनः अर्थमन्त्री भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *