प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव हर्षवर्धन बीच भेटवार्ता

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला र प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता भएको छ । गरेका छन् ।
दुई दिने नेपाल भ्रमणमा रहेका श्रृंगला र ओलीबीच बिहीबार साँझ बालुवाटारमा भेटवार्ता भएको ।
दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव श्रृङ्गलाले बिहीबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग समेत भेटवार्ता गरेका छन् । सचिव श्रृङ्गलाले बिहीबार दिउँसो मन्त्रालयमा ज्ञवालीसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देशको सम्बन्ध र पछिल्ला दिनमा देखिएका विवाद समाधानको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।
भारतीय विदेश सचिव श्रृङ्गलाले भारत सरकारको तर्फबाट दुई हजार थान रेम्डेशिभिर खोप परराष्ट्रमन्त्री ज्ञवालीलाई हस्तान्तरण गरेका छन् ।
परराष्ट्रमन्त्रीसँगको भेटपछि विदेश सचिव श्रृङ्गला प्रधानमन्त्री केपी ओलीसँग भेट गर्न बालुवाटार पुगेका हुन् ।
यसअघि उनी होटल याक एण्ड यतिमा दुई देशका प्रतिनिधिको छलफलमा सहभागी भएका थिए । प्रधानमन्त्रीसँगको भेटपछि विदेश सचिव श्रृंगलाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
शुक्रबार भने विदेश सचिव श्रृंगला गोरखा र मनाङ जाने कार्यक्रम रहेको छ । गोरखामा भारतीय सहयोगमा बनेका विद्यालयको अवलोकन र मनाङमा गुम्बा उद्घाटनको कार्यक्रम रहेको छ ।