ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चौबिस घण्टामा कोरोनाका कारण २८ जनाको मृत्यु

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं । कोरोनाका कारण गत चौबिस घण्टामा २८ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ८९ जना पुगेको छ । त्यस्तै देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार २ सय १०वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा ८ सय ३५जनासहित १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै देशभर कोरोना पुष्टि हुनेको संख्या २ लाख २६ हजार २६ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिएका छन् । तेस्तै गत चौबिस घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार १ सय ४० जना रहेका छन् । हालसम्म कोरोना मुक्त हुनेको संख्या २ लाख ७ हजार ९ सय९८ रहेका छन् ।

अस्पताल नभएका ६ सय ४९ गाउँपालिकामध्ये ३ सय ९६ पालिकामा १५ बेर्डको अस्पताल निर्माण गर्ने काम अगाडि बढाउने भएकोले यहि मंसिर १५ गते शिलान्यास गर्ने तालिका रहेको प्रवक्ता गौतमले बताए ।

देशभर क्वारेन्टिनमा ६ सय ६९ जना रहेका छन् । हाल संक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३९ जना रहेका छन् भने होम आइसोलेसिनमा १० हजार १ सय ८४ जना रहेका छन् । विभिन्न अस्पतालमा आसियुमा उपचारत ३ सय ४५ जना र भेन्टिलेटरमा ६३ जना रहेको मन्त्रालयले बताएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *