पारस खड्का आईसीसी एसोसीएट प्लेयर अफ दि दशकको अवार्डका लागि मनोनयन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान पारस खड्का आईसीसी एसोसीएट प्लेयर अफ दि दशकको अवार्डका लागि मनोनयन भएका छन् । आईसीसीले दशककै उत्कृस्ट एसोसीएट राष्ट्रका खेलाडीहरुको अवार्डको मनोनयनमा पूर्व कप्तान पारस खड्कालाई पनि राखेको हो ।
आईसीसीले मंगलबार २०१० देखि २०२० सम्म उत्कृस्ट प्रदर्शन गरेको आधारमा पारस खड्का सहितका क्रिकेटरहरुलाई ‘अवार्ड अफ द डिकेड’ को मनोनयनमा राखेको हो । पारससँगै एसोसीएट दशक खेलाडीका लागि स्कटल्याण्डका काइल कोएट्जर, क्यालम म्याक्लेओड, रिकी बेरिङटन, पपुवान्यु गिनिका असाद भाला र नेदरल्याण्डका पीटर बोरेन छनोट भएका छन् । मनोनयनमा रहेका ६ जना खेलाडी मध्ये उत्कृस्ट खेलाडीको चयन अनलाइन भोटिंगबाट हुनेछ ।
यस सताब्दीको दोस्रो दशकको उतरार्धमा अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले उत्कृष्ट खेलाडी छनोट गर्न प्लेयर अफ दि डिकेड छनोट गर्न लागेको हो ।
पारस खड्कालाई कसरी भोट गर्ने ?
मनोनित खेलाडीहरुको पूर्ण सूची आईसीसीको आधिकारिक वेबसाइटमा राखिएको छ । आईसीसीले क्रिकेट प्रसंसकको भोटको आधारमा खेलाडी छनोट गर्नेछ । पारसलाई यो लिङ्कमा गएर भोट गर्न सकिन्छ । https://www.icc-cricket.com/awards/awards-of-the-decade/mens-associate-player-of-the-decade#
अन्य राष्ट्रबाट कुनकुन खेलाडी मनोनयनमा परे ?
यस्तै शीर्ष राष्ट्रतर्फ भारतका कप्तान विराट कोहली, रविचंद्रन अश्विन, इङ्ल्याण्डका जो रूट, न्युजिल्याण्डका केन विलियमसन, अष्ट्रेलियाका स्टिभ स्मिथ, साउथ अफ्रिकाका एबी डेभिलियर्स, श्रीलंंकाका कुमार संगकारा पनि प्लेयर अफ डीकेड पुरस्कारका लागि मनोनयनमा छन् ।
यस्तै दशकको एकदिवसीय खेलाडीका लागि कोहली (भारत) लसिथ मलिङगा (श्रीलंका), मिशेल स्टार्क (अष्ट्रेलिया) डिविलियर्स (अफ्रीका) रोहित शर्मा (भारत) एमएस धोनी (भारत) र संगकारा (श्रीलंका) लाई मनोनयन गरिएको छ ।
आईसीसी ओम्यान अफ दि डिकेडका लागि एलिसा पेरि (अष्ट्रेलिया) मेग लीनीङ (अष्ट्रेलिया) सुजी बेट्स (न्यूजील्याण्ड) स्टेफनी टेलर (वेस्ट ईण्डिज) मिताली राज (भारत) सारा टेलर (ईङ्गल्याण्ड) मनोनयन भएका छन् ।
कोहली, रूट, विलियमसन, स्मिथ, जेम्स एण्डरसन, रंगना हेराथ, यासिर शाहलाई टेस्ट प्लेयर अफ द डीकेड पुरस्कारका लागि मनोनयन गरिएको छ ।
राशिद खान, कोहली, इमरान ताहिर, आरोन फिंच, मलिंगा, क्रिस गेल र रोहित शर्मा दशकको पुरुष टी –२० आई खेलाडीका लागि मनोनयनमा छन् ।
महिला टी–२० प्लेयर अफ डिकेडका लागि लीनीङ, सोफी डिभिन, एलिस प्यारी, डान्ड्रा डोटिन, एलिस्सा हेली, र अन्या श्रुब्सोललाई मनोनयन गरिएको छ ।
लीनीङ, पेरी, मिताली राज, सुजी बेट्स, स्टेफनी टेलर र झुलन गोस्वामीलाई आईसीसी ओडीआई ओम्यान अफ दि डिकेडका लागि छनोट गरिएको छ ।
आईसीसी स्पिरिट अफ डिकेड अवार्डका लागि कोहली, विलियमसन, ब्रेण्डन म्याकुलम, मिसबाह उल हक, एमएस धोनी, अन्या श्रुब्सोले, क्याथरिन ब्रन्ट महेला जयवर्धने र डेनियल भेटोरीलाई सर्टलिस्ट गरिएको छ ।