ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

उद्योग राज्य मन्त्रीको गैर कानूनी धन्दा, प्रधानमन्त्री कार्यलयले पनि गुनासो सुनेन्

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतिलाल दूगडले पदको अनुचित प्रयोग गरि गैर कानूनी रुपमा अखाद्य बस्तुहरु उत्पादन गरिरहेका छन् ।
राज्य मन्त्री मोतिलाल दूगड सञ्चालक रहेको दुगड स्पाइस एण्ड फुड प्रोडक्टस प्रा.लि.ले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग सँग अनुमति नलिएर सेन्चुरी ब्राण्डको स्प्रिंकलर्स टेवल साल्ट (नून) गैरकानूनी तरिकाले उत्पादन तथा प्याकेजिंग गरी कारोवार गरिरहेको छ । उक्त नून गुणस्तरहिन हुनुको साथै सम्बन्धीत निकायबाट अनुमति नै नलिएर उत्पादन गरि उपभोक्ता ठग्नुका साथै आम उपभोक्ताको जीवनमाथि गम्भिर खेलवाड गरेको छ ।


उक्त ब्राण्डको स्प्रिंकलर्स टेवल साल्ट खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बाट अनुमतिनै नलिई उत्पादन विक्रि गरेको पुष्ठि भएपछि उपभोक्ता अधिकार कर्मी प्रोमलाल महर्जनले गत असोज १६ गते प्रधानमन्त्री कार्यलयका कारबाहिको माग गर्दै निवेदन दिएका थिए । उक्त निवेदनको सुनुवाई हुनुको सट्ट महर्जन माथि नै दवाब आएपनि महर्जने उपभोक्ता संरक्षण परिषदको सदस्यबाट मंगलबार राजिनामा दिएका छन् ।


“सरकारी पद पनि लिने अनि सरकारकै व्यक्तिलाई आरोप लगाउने ? तपाई खुरुक्क राजिनामा दिनुहोस भनेपछि मैले राजिनामा दिएको हुँ” महर्जले द प्रेस नेपाल सँग भने ।
लोकतान्त्रिक सरकारको रूपमा रहेको यो सरकारकै सदस्यहरूबाट अनुचित व्यापारिक कृयाकलाप गरेको बिषयमा सरकारलाइ आवश्यक कारवाहीको लागि अनुरोध गर्दा सरकारको बिरोध गरेको आरोपमा मलाइ सरकारको बिभिन्न तह र तप्काबाट उपभोक्ता संरक्षण परिषदको सदस्यबाट राजीनामा दिन ठूलो दवाव आएकोले उपभोक्ताको पक्षमा आवाज उठाउन नदिएपछि राजिनामा दिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *