ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अमेरिकामा शीतयुद्धको बादल केही वर्षयता देखिएको छ र यो रातारात विलय हुँदैन-चिनियाँ सरकारी सल्लाहकार

एजेन्सी । अमेरीकामा नयाँ राष्ट्रितप जो बार्डन बनेपनि चीन- अमेरीका संवन्ध सुमधुर हुन नसक्ने चीनीयाँ सरकारी सल्लाहकारको विष्लेषण छ । सरकारी सल्लाहकारले जो बाइडेनले कार्यभार सम्हालेसँगै चीनसँगको सम्बन्ध सुमधुर हुने भ्रमबाट चीन टाढा रहनुपर्ने सुझाव दिएका छन् । उनीहरुले चीन- अमेरीका कठोर संवन्धका लागि तयार हुनु पर्ने बताएका छन् ।

सेन्जेनको थिङ्क-ट्याङ्क एडभान्स्ड इन्स्टिच्युट अफ ग्लोबल एन्ड कन्टेम्पोररी चाइना स्टडिजका डिन जेङ योङ्यानले चिनियाँ सरकारलाई अमेरिकासँग सम्बन्ध सुधार गर्ने कुनै पनि अवसर खेर नफाल्न सुझाव दिदैं भनेका छन् – “पुरानो, राम्रो सम्बन्धयुक्त दिन समाप्त भए,” जेङले भनेका छन्, “अमेरिकामा शीतयुद्धको बादल केही वर्षयता देखिएको छ र यो रातारात विलय हुँदैन।”

चीन – अमेरीकी संवन्धमा धेरै तिक्तता छ । उनले यसलाई तोडेन नसकेने भनेदै उनी थप्छन्- “यसरी घरकै समस्या समाधान गर्न नसक्दा उनी निश्चय नै कमजोर राष्ट्रपतिका रूपमा प्रस्तुत हुनेछन् र उनले चीनसँग कूटनीतिक कार्य केही गर्नेछन्,” जेङ भन्छन्, “यदि ट्रम्प प्रजातन्त्र र स्वतन्त्रता प्रवद्र्धनमा रुचि राख्दैनन् भने बाइडेनले राख्नेछन्। अनि यदि ट्रम्प युद्धमा रुचि राख्दैनन् भने डेमोक्र्याट राष्ट्रपतिले युद्ध सुरु गर्न सक्नेछन्।”

ट्रम्पको राष्ट्रपति कालमा चीन र अमेरिकाबीच कोभिड–१९ महामारी व्यवस्थापन, व्यापार र मानवअधिकारलगायत थुप्रै कारणले सम्बन्ध बिग्रेका छन्। हाल अमेरिकी कंग्रेसमा दुवै डेमोक्र्याट र रिपब्लिकनहरू ल्याएका चीनमाथि लक्षित झन्डै ३०० वटा छुट्टाछुट्टै विधेयक छन् ।बाइडेनले आफ्नो चुनावी अभियानमा समेत चीनविरुद्ध नकारात्मक टिप्पणी गर्दै आएका कारण चीन-अमेरीका संवन्ध तत्काल सुधार नहुने सरकारी सल्लाकारको भनाई आएको हो ।

द टाइम्स अफ इन्डियाबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *