ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मखन चेस क्लबलाई जि मोटर्सको साथ

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । मखन चेस क्लबले आयोजना गर्ने बुद्धिचाल प्रतियोगिताका लागि नेपालमा रेनो ब्रान्डको कारको आधिकारिक विक्रेता जि मोटर्स प्रा.लि. ले प्रायोजन गर्ने भएको छ ।

क्लबका अध्यक्ष सुजेन्द्रप्रसाद श्रेष्ठ र जि मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले सो सम्बन्धी सम्झौता पत्रमा सोमबार हस्ताक्षर गरेका छन् । तीन वर्षका लागि सम्झौता गरिएको प्रबन्ध निर्देशक गेलालले जानकारी गराए । गेलालले आफ्नो संस्था र बुद्धिचाल खेलको प्रवद्र्धनका लागि क्लबसँग सम्झौता गरिएको बताए । तीन वर्षपछि पनि अवस्था हेरर सम्झौता थप गर्न सकिने बताएका छन् ।

त्यस्तै अध्यक्ष श्रेष्ठले बुद्धिचाल मार्फत विश्वमा नेपाललाई चिनाउनु आफ्नो उद्देश्य रहेको बताउदै धेरै भन्दा धेरै प्रतियोगिता हुने वातावरण बनाउन सकेको खण्डमा मात्र त्यो उद्देश्य पूरा गर्न सकिने धारणा व्यक्त गरे । उनले क्लब संग सहकार्य गरेकोमा जि माटर्सलाई धन्यवाद दिदै कोरोना भाइरसको जोखिम न्युनिकरण भएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा तयारी थाल्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *