ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अपिले पावरले १४ प्रतिशत बोन शेयर बाँड्ने

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले शेयरधनीलाई १४ प्रतिशत बोनश शेयर वितरण गर्नेभएको छ । आज बसेको १६ औं र १७ औं साधारण सभाले आर्थिक वर्ष दुई हजार ७५÷७६ को खुद मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत र ७६÷७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले गरी कुल १४ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसै गरी नयाँ चुक्तापूँजीको १ बराबर ० दशमलब ८५६६ हकप्रद जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ ।
अपि पावरले भर्खरै हक प्रद सेयर निस्कासन गरेर चुक्ता पूँजी बृद्धि गरेको छ । कम्पनीले कात्तिक १४ गतेदेखि मङ्सिर विद्यामान १ कित्ता साधारण शेयर बराबर ० दशमलब ४७६ कित्ता साधारण शेयरको अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
अपिले ८ दशमलब ५ मेगावाटको नौगढ गढ सानो जलविद्युत आयोजनाबाट व्यवसायीक रुपमा विद्युत उत्पादन गरिरहेको छ भने दार्चुला जिल्लामा ८ मेगावाटको अपर नौगढ गढ जलविद्युत आयोजना पनि निर्माण पुरा गरिसकेको छ । कम्पनीका ४० मेगावाटको अपर चमेलिया र ४ मेगावाटको चन्द्रनिगाहपुर सोलार निर्माणका क्रममा छन् । कम्पनीले विद्युत प्राधिकरणसँग ती आयोजनाबाट उत्पादिन विजुली खरिद विक्रि सम्झौता (पीपीए) गरिसकेको छ । हकप्रदबाट जुटाएको रकम कम्पनीले अपर चमेलिया आयोजना निर्माणमा खर्च गर्ने छ ।
अपि पावरको नाफामा पनि उल्लेख्य सुधार भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ६४ लाख १ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।
कम्पनीले गत वर्ष सोही अवधिमा ३ करोड ५९ लाख ५१ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *