ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शाओमी नेपाल पुनः नम्बर १

काठमाडौं, सन् २०२० को पहिलो त्रैमासिकमा पहिलो बनेको समामि नेपाल तेस्रो त्रैमासिमकमा पुनः पहिलो बनेको छ । यस बर्ष नै दोस्रो पटक फेरि पहिलो स्थानमा उकालो लागेको छ ।
हाल शाओमिले ३४ दशमलब १ प्रतिशत बजार ओगटेको छ । बजार मी र रेडमी सिरिजका स्मार्टफोन सार्वजनिक गर्दै स्मार्टफोन वर्गको लागि नेपालमा शीर्ष स्थान ओगटेको छ ।
शाओमी, नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले नेपालको नम्बर १ स्मार्टफोन ब्राण्ड भएकोमा खुशि व्यक्त गरे । ब्राण्डले विभिन्न मुल्य बिन्दुमा शिर्ष विशेषता भएका स्मार्टफोनहरु सिरिजहरु रेडमी ९ ए, रेडमी ९ सी, रेडमी ९, रेडमी नोट ९, रेडमी नोट ९ प्रो र रेडमी नोट ९ प्रो म्याक्स सार्वजनिक गर्दै बजारमा उल्लेखनीय वृद्धि देखेको छ । शाओमीले उनीहरूको अनलाइन बिक्री साझेदार दराज डट कम र सस्तोडिलसँग काम गरिरहेको छ । जसले ब्राण्डको व्यापक पहुँचमा ठूलो योगदान पु¥याइरहेको छ । अफलाइन विस्तारले समग्र वृद्धिमा अहम भूमिका निर्वाह गरेको छ जहाँ शाओमीले देशभर १६००ं भन्दा बढी अफलाइन पार्टनर स्टोरहरू र ३५० भन्दा बढि मी प्रिफर्ड पार्टनर स्टोरहरु स्थापना गर्दै नेपालमा आफ्नो उपस्थिति बढाइरहेको छ । कम्पनी हाल विभिन्न स्थानहरुमा एक मजबूत वितरण नेटवर्कको पकड बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *