ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चौविस घण्टामा थपिए १ हजार ६ सय ७४ जना काेराेना संक्रमित

पछिल्लो चौविस घण्टामा देशभर १ हजार ६ सय ७४ जना कोरोना संक्रमण पुष्टि भएको छ।

स्वासथ्य तथा जनसंख्या मन्त्रालयले दैनिक गर्ने कोरोना अपडेटमा देशभरका विभिन्न प्रयोगशालामा गरीएको ८ हजार १ सय ४४ वटा नमुना परीक्षणमा देशभर १ हजार ६ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ।अहिलेसम्म संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ जना रहेका छन्। देशभर कोरोनाका कारण थप ७ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ५ जना रहेका छन्। पछील्लो चौबिस घण्टामा देशभर २ हजार २ सय २३ जना निको भएका छन् । हाल सम्म कोरोना निको हुनेको संख्या १ लाख ९३ हजार ३ सय २५ जना पुगेका छन्। यो संक्रितको ८५ प्रतिशत भन्दा बढि हो। देशभर क्वारेन्टिनमा ७ सय ५७ जना रहेका छन् । भने संक्रिय संक्रमितको सख्या २४ हजार ९ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *