ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओलीविरुद्ध बोलेको भन्दै सुरेन्द्र पाण्डेलाई कार्यकर्ताले लखेटे

चितवन– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै पूर्वअर्थमन्त्रीसमेत रहेका चितवनबाट निर्वाचित सांसद् सुरेन्द्र पाण्डेविरुद्ध नाराबाजी भएको छ । नेकपा स्थायी कमिटी सदस्य पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गुटको राजनीति गरेको भन्दै ओली पक्षका कार्यकर्ताले होहल्ला र नाराबाजी गरी कार्यक्रमलाई अघि बढ्न नदिएका हुन् ।
प्रधानमन्त्रीविरुद्ध बोल्न थालेपछि होहल्ला गरेर सांसद् पाण्डेलाई बोल्न नदिएको युवा संघका नेता केदार आचार्यले बताए । मदन भण्डारी फाउन्डेसनले गुटबन्दी गरेको आरोप लगापछि आफूहरूले पाण्डेलाई बाल्न नदिएको उनको भनाइ छ । कार्यकर्ताले बोल्न नदिएपछि प्रहरीले पाण्डेलाई सुरक्षा दिएर कार्यक्रमस्थलबाट बाहिर ल्याएको थियो ।
नेकपा राप्ती नगरकमिटीले वीरेन्द्रनगरमा गरेको कार्यक्रममा सुरेन्द्र पाण्डेले पार्टीमा देखिएको विवाद समाधानका लागि गठित कार्यदलको भूमिकाबारे धारणा राखेका थिए । राप्ती नगरकमिटीका नगर इन्चार्ज मानबहादुर स्याङ्बोका अनुसार पाण्डेले पार्टीकै कार्यकर्ताले होहल्ला र नाराबाजि गरेपछि कार्यक्रम सञ्चालन गर्न नसकिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *