ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

३७ राष्ट्रका ७० संस्थालाई पछि पार्दै मुक्तिनाथ विकास बैंकले जित्याे युरोपियन माइक्रोफाइनान्स अवार्ड

लक्जमवर्गमा आयोजित युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० को उपाधि मुक्तिनाथ विकास बैंकले जितेको छ । साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरी रहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिताको लागि बैंकले अवार्ड पाएको हो । सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी अवार्ड प्रदान गरेको बैंकले जनाएको छ । युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० को लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागीता जनाएका थिए । उक्त प्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र ईथोपियाको १/१ ओटा लघुवित्त संस्थाहरु छनौट भएका थिए । यो पुरस्कार वापत मुक्तिनाथ विकास बैंकले नगद १ लाख युरो प्राप्त गरेको छ । यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङ्गमा सहभागी गराउन विभिन्न कार्यहरु गरिने बैंकले जनाएको छ । मुक्तिनाथ विकास बैंकको ४२ जिल्लामा रहेका १३८ ओटा शाखाहरु मध्ये ११८ ओटा शाखा मार्फत साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *