ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बैंकिङ्ग इन्डेक्स यथावत छ शेयर बजार अझै उकालो लाग्छ– विश्लेषक

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । करिव साढे तीन बर्ष सम्म न्यूनतम विन्दुमा रहेको नेपाल स्टक एक्सचेन्ज नेप्से पछिल्लो समय दुर्तगतिमा बढिरहेको छ । पछिल्ला दिनहरुका कारोबार रकमले हरेक दिन रेकर्ड कायम गरिरहेको छ भने नेप्सेमा पनि हरियाली छायको छ । नेप्सेमा हरियाली छायसँगै लगानी कर्ता र ब्रोकरहरुमा पनि खुशियाली छाएको छ । गत हप्ता २० अर्ब बढिको कारोबार भएको थियो भने विहिबार एकै दिन ६ अर्ब बढिको कारोबार गरेकार नयाँ रेकर्ड बनाएको छ ।
कोरोनाका कारण सम्पूर्ण क्षेत्र सिथिल बनेको बेला शेयर बजारमा पनि सिथिलता आउने कतिपएको आँकलन थियो तर कोरोनाको प्रभावलाई नै शेयर बजारले अवसरको रुपमा प्रयोग गरेको छ । चार बर्ष अघि १८ सय ८८ अंकको विन्दुमा पुगेर ११ सयको विन्दुमा झरेको शेयर बजारले पुनः रेकर्ड कायम गर्ने शेयर बजारका जानकारको आंकलन छ । शेयर बजारको इतिहासमा नेप्से इन्डेक्स र बैंकिग इन्डेक्समा दुई सय अंकको भन्दा बढि फरक नदेखिएको भएपनि पछिल्लो सयम यो बढेर साढे चार सय पुगेको छ । यसको अर्थ बैंकिङ्ग इन्डेक्स बढन आझै बाँकि रहेको जानकारहरु बताउछन् । विहिबार नेप्से १७ सय ७८ अंकको विन्दुमा पुगेको छ भने बैकिङक इन्डेका १३ सय २२ अंकको विन्दुमा छ ।


भुकम्पको समयमा पनि अन्य क्षेत्रमा लगानी गर्न नसकिने अवस्था र बैंकको व्याज दर कम भएको समयमा ईन्डेक्स बढने गरेका छ यस पटक पनि यस्तै अवस्था आएको शेयर बजार अझै बढने शेयर विश्लेषक अनलराज भट्टलाईको बुझाई छ । अहिले अन्य क्षेत्रहरु बृद्धि भईरहेको र बैंकिग इन्डेक्स यथावत नै रहेकोले शेयर बजार अझै बढने भट्टराईले बताए । शेयर बजार प्रति सरकारको र नियमक निकायको धारणा पनि सकारात्मक बन्दै गएका कारण शेयर बजार उकालो लागेको उनले बताएका छन् ।
बैंकको व्याजदर लागानी कर्ताले बैंकमा डिपोजिट गर्नु भन्दा शेयरमा लगानी गर्दा बढि फाईदा हुने देखेर शेयर बजारमा लगानी गर्दा शेयर बजार उकालो लागेको ठूला लागानी कर्ताको बुझाई छ । चार बर्ष अघिको अर्थतन्त्रले १८ सय ८८ को विन्दुलाई हेर्दापनि यो ईन्डेक्स अझै बढने इनभेष्टर्श फोरमा निर्वतमान अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बताए ।
पछिल्लो समयमा हरेक दिन नेप्से कारोबारले बनाउदै गरेको रेकर्ड हरेर पनि ईन्डेक्स अझै माथि जान सक्ने उनले बताएका छन् । गत हप्ता पनि नेप्सेमा २० अर्ब बढिको कारोबार भएको थियो भने । यो साताको अन्तिम दिन आज ६ अर्ब बढिको कारोबार भएर इतिहाँसको सबै भन्दा बढि कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *