ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अन्य रोगका विरामीले अस्पताल पाउनै सास्ति , नीजि अस्पतालले चर्को शुल्क असुल्दै

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

मंसिर ४ काठमाडौं- कोरोना संक्रमितको संख्या बढ्दै जाँदा काठमाडौंका अस्पतालहरुले अन्य रोग लागेका विरामी भर्ना लिनै छाडेका छन् । कोरोनाको महामारी चलिरहेकै भन्दै चिसो मौसमका कारण विरामी परेकाहरुलाई समेत अस्पतालहरुले चेकजाँच गर्न मानिरहेका छैनन् ।

चिसोसँगै विभिन्न किसिमका रोगहरु लाग्ने गर्छन् । रुघाखोकी, झाडापखला, स्वासप्रस्वास सम्बन्धी समस्याहरु देखिनुका साथै नशासम्बन्धी समस्या भएका बिरामीहरु पनि बढ्ने गर्छन् । यो मौसममा विशेषगरी वृद्धवृद्धा,गर्भवती महिला र बालबालिकाहरुलाई बढि रोगको संक्रमण हुने गर्दछ।उनिहरुमा रोगप्रतिरोधात्मक क्षमता समेत कम हुने भएकाले पनि रोगले चाडैं आक्रामण गर्न सक्ने चिकित्सक बताउछन् ।

बीर अस्पतालमा समेत कोभिड र ननकोभिडका विरामीलाई छुट्टै राखेर उपचार गर्न कठिन हुन थालेको विरका छातिरोग विशेषज्ञ डा अशेष ढुंगाना वताउँछन् । ” चिसोमा देखिने बिरामीको लक्षण एउटै भएकोले पिसिआर रिपोट आउन समय लाग्ने कारणले गर्दा पनि उनिहरुलाइ छुट्टै राखेर उपचार गर्न अहिले ठुलो चुनौती थपिएको छ, डा ढुंगनाले भने। ”

जुन अस्पताल गएपनि पिसिआर रिपोर्ट नहेरीद जाँच नगर्ने चलन नै छैन एक विरामीले भने । “म मुटुको रोगको रोगी हु , समय समयमा जाँच गर्नुपर्ने कोरोना कारण जाँच गर्न पाएको छैन् । प्रत्येक पटक आउँदा पिसिआर रिपोर्ट बोकेर कसरी आउनु यता उहाँहरु पिसिआरको रिपोर्टविना विल काट्नै मान्नुहुन्न , त्यसमाथी रिपोर्ट आउन निकै धरै समय कुर्नपर्छ उनले भने । “

त्यस्तै मृगौला सम्वन्धि रोगीहरुको पिडापनि त्यस्तै छ , नियमित डायालासिस गर्न नपाउदा जीवन नै जोखिममा परेको पिडा एक मृगौला रोगी सुनाउँछन् । “सरकारी अस्पतालले कोभिडको विरामी मात्रै भर्ती गर्छन् , नीजि अस्पताल गयो चर्को शुल्क असुल छन् । वाँच्नलाई साह्रै गाह्रो भयो कहाँ जाने होला खै उनले,- भने ।”

यि त केही प्रतिनिधि पात्र मात्रै हुन विभिन्न अस्पतालमा कोभिडका कारण उपचार नपाएका थुप्रै दिर्घरोगीहरु भेटिन्छन् । उनीहरुलाई कोभिडको पिसिआर रिपोर्ट पिरोलेको छ । एक त पिसिआरको रिपोर्ट निकै ठिला आउँछ जसका कारणले उनीहरुको ज्यान नै जोखिममा परिरहेको छ । मुटु, दम , क्यान्सर , अल्सर , मधुमेह , मृगौला , उच्चरक्कचापका साथै गर्भवति महिलाहरु समेत अस्पताल नपाएर समस्यामा पर्ने गरेका छन् । एका तर्फ सरकारी अस्पतालको गनगन अर्को तर्फ नीजि अस्पतालको चर्को शुल्कका कारण नेपाली जनताहरु स्वास्थ्य उपचार सम्वन्धि संवैधानिक अधिकार पाउनवाट वञ्चित वन्नुपर्ने अवस्था आएको छ ।

सरकाले केही समय अघि कोभिड र नन कोभिड बिरामीहरुको उपचारका लागी भनेर लेवल १ , लेवल २ र लेवल ३ अस्पतालहरु छुट्याएको थियो तर संक्रमित संख्या बढ्दै जाँदा त्यस्तो वर्गिकरण कामै नलाग्ने भएको छ । सरकारले निःशुल्क परीक्षण र उपचारमा कडाई गरेपछि अहिले अस्पतालमा भन्दा धेरै बिरामी होम आइसोलेसन भन्दै घरघरमै बसिरहेका छन् । नाम कमाएका अस्पतालहरुमा समेत कोभिड र ननकोभभिड विरामी व्यवस्थापनमा देखाएको हेलच्यक्राइ र उदासिनताले विरामीले सास्ति ब्योहोर्नु परेको छ । जसका कारण कोभिडका कारणले मात्रै होइन अन्य रोगका विरामीले समयमा नै उपाचार नपाउँदा स्थिति नियन्त्रण भन्दा वाहिर जाने संकेत देखिएको विज्ञहरु वताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *